नेपालको विद्यालय तहको पाठ्यक्रममा नैतिक शिक्षा

Authors

  • युवराज कंडेल बुटवल मोडेल कलेज, कानुन अध्ययन विभाग तथा कालिका मानवज्ञान मा वि, बुटवल

DOI:

https://doi.org/10.3126/haimaprabha.v1i22.56542

Keywords:

पाठ्यक्रम, नैतिक शिक्षा, सदाचार, जीवनोपयोगी सिप, दर्शन

Abstract

नैतिकता भनेको समाजले 'सही' वा 'गल' मान्ने व्यवहारको प्रणाली हो । नैतिक शिक्षा भनेको समाजको असल र सही व्यवहारलाई भविष्यका नागरिकहरूमा हस्तान्तरण गर्ने क्रियाकलाप हो  । नैतिक शिक्षाको उपयोग निश्चित धर्म संस्कृति या नीतिका कथाहरूमा अभ्यस्त हुने या तुल्याउने मात्र नभई यसलाई मानव जीवनका मूल्यहरूसँग सम्बन्धित गराई आचरण, चरित्र, गुण र त्यसलाई व्यवहारमा उतार्ने उपयुक्त माध्यम समेत हो ।  नैतिक शिक्षा विषयको पाठ्यक्रमको मूलभूत उद्देश्य आधुनिक समाजका लागि सुयोग्य, स्वावलम्बी एवम् कर्तव्य र अधिकारलाई सन्तुलित ढङ्गले प्रयोग गर्न सक्ने प्रतिस्पर्धी नागरिक तयार गर्नु हो । नेपालमा परापूर्वकालदेखि नै शिक्षाको प्रमुख उद्देश्य विद्यार्थीहरूमा उच्च नैतिकता र असल चरित्र निर्माण गर्नु रहेको थियो । नेपालको शिक्षामा आमूल परिवर्तन ल्याएको रा.शि.प.यो.ले लागु गरेको नयाँ शिक्षामा नैतिक शिक्षालाई महत्त्वपूर्ण स्थान दिइएको थियो । देश गणतान्त्रिक व्यवस्थामा गएपछि तयार गरिएको राष्ट्रिय शिक्षा नीति र शिक्षाका उद्देश्यहरूले सिर्जनशीलता, रचनात्मकता, अध्ययनशीलता, सकारात्मक चिन्तन र सदाचारजस्ता गुण विकास गर्ने कुरालाई जोड दिएको छ र यसैमा आधारित रहेर राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ समेत तयार गरिको छ ।  वर्तमान पाठ्यक्रमअनुसार सामाजिक अध्ययन विषयलाई बालबालिकामा नैतिकता विकास गर्ने मुख्य विषयको रूपमा लिइएको  छ । यो विषयमा नैतिकता विकसित गर्ने पाठ्यवस्तुहरूलाई विभिन्न एकाइहरूमा समावेश गरिएको पाइन्छ । यस आलेखमा विद्यालय तहको पाठ्यक्रममा नैतिक शिक्षा सम्बन्धित विषयवस्तुहरू कसरी समावेश गरिएको छ भन्ने कुराको विश्लेषण गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
48
PDF
33

Author Biography

युवराज कंडेल, बुटवल मोडेल कलेज, कानुन अध्ययन विभाग तथा कालिका मानवज्ञान मा वि, बुटवल

उपप्राध्यापक

Downloads

Published

2023-07-14

How to Cite

कंडेल य. (2023). नेपालको विद्यालय तहको पाठ्यक्रममा नैतिक शिक्षा. Haimaprabha, 1(22), 97–110. https://doi.org/10.3126/haimaprabha.v1i22.56542

Issue

Section

Articles