सामाजिक–सांस्कृतिक समन्वयको केन्द्र : छिन्ताङ जाल्पादेवी (अन्वेषणात्मक ऐतिहासिक अध्ययन) {Center for Socio-Cultural Coordination: Chintang Jalpadevi (Exploratory Historical Studies)}

Authors

  • जगतप्रसाद Jagatprasad पराजुली Parajuli इतिहास तथा बौद्ध अध्ययन विभाग, पाटन बहुमुखी क्याम्पस त्रि. वि.

DOI:

https://doi.org/10.3126/hisan.v8i1.53084

Keywords:

पर्वतीय–शृंखला, आर्थिक विविधीकरण, सामाजिक सद्भाव, सहिष्णुतायुक्त समन्वयभाव

Abstract

ऐतिहासिक कालखण्डदेखि नै आफ्नो मौलिक पहिचान र प्रसिद्धिको शिखरमा रहेको धनकुटा सुन्दरतम, आकर्षकीय प्राकृतिक छटाहरूको कारण निकै महत्वपूर्ण मनोरम् जिल्ला मानिन्छ । महाभारत पर्वतीय शृंखलाको उत्तरी भागमा अवस्थित धनकुटालाई तेह्रथुम, पाँचथर, भोजपुर, उदयपुर, संखुवासभा, मोरङ र सुनसरी जिल्लाहरूले स्पर्श गरेका छन् । यसको केही सीमित क्षेत्रलाई शिवालिक पर्वतीय शृंखलाले पनि छोएको छ । धनकुटाबाट लगभग २४ कि.मी पश्चिम–दक्षिण दिशामा छिन्ताङ गाउँपालिका पर्दछ । यस जिल्लामा रहेका ३५ वटा गाउँपालिकाहरूमध्ये ‘छिन्ताङ’ सबैभन्दा ठूलो र पैmलहर क्षेत्रमा अवस्थित छ । यस अन्तर्गत रहेका ९ वटा वडाहरूमध्ये १ , २ र ३ वडाहरूको करिब करिब मध्येभागमा रहेको घना जंगलभित्र ‘जाल्पादेवी’कोमन्दिर स्थापित छ; जसको निकै ठूलो ऐतिहासिक महत्व रहेको छ । त्यहाँको सामाजिक परिवेश, धार्मिक–सांस्कृतिक सहिष्णुता, राजनतिक च ै ेतना, शैक्षिक जागरण, आर्थिक विविधीकरण जस्ता बहुआयामिक सन्दर्भहरूले गर्दा नेपालको पूर्वी भागमा मात्र यसको लोकप्रियता बढोत्तरी नभएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत यसको ख्याति र प्रसिद्धि अभिवृद्धि भइरहेको देखिन्छ । ‘छिन्ताङ–जाल्पादेवी’ को यो पावन भूमि बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक एवं बहुभाषिक विशिष्टताले ओतप्रोत छ । भौगोलिक अवस्थिति कठिनग्रस्त भए तापनि सामाजिक विविधताले गर्दा यस क्षेत्रको पहिचान फराकिलो बन्दै गएको छ । आवागमनका अनेकन कठिनाई, उकाली–ओराली, प्रशस्त विघ्नवाधाहरू लगायतका विविध विषमताहरूका बीच पनि छिन्ताङ–जाल्पादेवीको पुण्य–प्रताप र प्रभावशालिताले गर्दा देश–देशाटनमा सामाजिक सद्भाव, सहिष्णुता तथा समन्वयात्मक भाव विस्तार गर्दै पारस्परिक सौहार्दता अभिवृद्धि गर्न बहुकोणीय दृष्टिबाट महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको देखिन्छ l

Downloads

Download data is not yet available.
Abstract
25
PDF
51

Author Biography

जगतप्रसाद Jagatprasad पराजुली Parajuli, इतिहास तथा बौद्ध अध्ययन विभाग, पाटन बहुमुखी क्याम्पस त्रि. वि.

सहप्राध्यापक

Downloads

Published

2022-12-31

How to Cite

पराजुली Parajuli ज. J. (2022). सामाजिक–सांस्कृतिक समन्वयको केन्द्र : छिन्ताङ जाल्पादेवी (अन्वेषणात्मक ऐतिहासिक अध्ययन) {Center for Socio-Cultural Coordination: Chintang Jalpadevi (Exploratory Historical Studies)}. HISAN: Journal of History Association of Nepal, 8(1), 94–109. https://doi.org/10.3126/hisan.v8i1.53084

Issue

Section

Articles