सामाजिक विज्ञानमा अनुसन्धान पद्धति : पुस्तक समीक्षा {Research Methodology in the Social Sciences: A Book Review}

Authors

  • मुरारीकृष्ण Murarikrishna गौतम Gautam सरस्वती बहुमुखी क्याम्पस, लैनचौर, काठमाडौँ

DOI:

https://doi.org/10.3126/hisan.v8i1.53098

Keywords:

अवधारणात्मक ढाँचा, समयसापेक्ष, अन्वेषणात्मक, युगान्तकारी

Abstract

प्रस्तुत पुस्तक अनुसन्धान विधिमा आधारित महत्त्वपूर्ण कृतिको रूपमा रहेको छ । यसका कृतिका लेखक डा. जगतप्रसाद पराजुली हुन् । उनले इतिहास, संस्कृति, पुरातत्व, पर्यटन लगायत जनसरोकारका अनेकौँ विधामा कलम चलाएर समाज र मुलुकलाई महत्वपूर्ण गुण लगाएका छन् । प्रस्तुत पुस्तक त्यही पाटोको एउटा ज्वलन्त दृष्टान्त हो । मानवीय क्रियाकलाप, गतिविधि, जीवनसङ्घर्षका अनुभव, त्याग, समर्पण, साहसिक योगदान र महत्वपूर्ण भूमिकालेगर्दा समाज विकासको प्रकृया निरन्तर अगाडि बढ्ने क्रमसँगै अनेकौँ सफलताहरू उपलब्धिका रूपमा प्राप्त भइरहेका छन् । त्यसैले मानव सभ्यता र संस्कृतिको श्रीवृद्धि हुनमा मानवीय क्रियाशीलताको अभूतपूर्व योगदन रहेको छ । समयानुकूल उत्पन्न भएको सोच, आवश्यकता अनुरूप अगाडि बढेको खोजमूलक कार्य, जीवन पद्धतिलाई सरल, सहज र सभ्य तुल्याउने अन्वेषणात्मक आविष्कार र सांस्कृतिक विशिष्टताहरू युगान्तकारी, परिवर्तनगामी र ऐतिहासिक महत्वका विषयहरू बन्न पुगेका छन् । यसको अर्थ सभ्यता र संस्कृतिको उत्थानसँगसँगै मानव मष्तिष्कमा सचेतनाका अनमोल गुणहरू कायम रहेकोले समाज विकासको यात्रा सुगम बन्दै अग्रगमनतर्पm उन्मुख भइरहेको छ । समयसापेक्ष सुधार, प्रगति, विकास र परिवर्तन आउँदै गर्दा मानवीय सङ्घर्षशील योगदानको चर्चा नगरी हुन्न । मानव सभ्यताकोक्रमिक विकास अनुसन्धानकै माध्यमबाट गतिशील भएको तथ्य नकार्न सकिन्न । समाज विकास र मानवकल्याणका गतिविधिमा शोध, खोज तथा अन्वेषणको गहन तथा ऐतिहासिक महत्व रहेको छ । समय–समयका युगान्तकारी परिवर्तनहरू अनुसन्धानकै परिणामद्वारा निस्रित भएका हुन् ।

Downloads

Download data is not yet available.
Abstract
52
PDF
78

Author Biography

मुरारीकृष्ण Murarikrishna गौतम Gautam, सरस्वती बहुमुखी क्याम्पस, लैनचौर, काठमाडौँ

सह–प्राध्यापक, इतिहास, निर्देशक बी.सी.ए. कार्यक्रम 

Downloads

Published

2022-12-31

How to Cite

गौतम Gautam म. M. (2022). सामाजिक विज्ञानमा अनुसन्धान पद्धति : पुस्तक समीक्षा {Research Methodology in the Social Sciences: A Book Review}. HISAN: Journal of History Association of Nepal, 8(1), 139–143. https://doi.org/10.3126/hisan.v8i1.53098

Issue

Section

Articles