नेपालको आर्थिक विकास होमस्टे सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७६

Authors

  • गोविन्दमानसिंह Govindamansingh कार्की Karki त्रिचन्द्र कलेज, घण्टाघर

DOI:

https://doi.org/10.3126/hisan.v9i1.64010

Keywords:

होमस्टेको आवश्यकता, पर्यटकहरूको आकर्षण, अर्थतन्त्रको आधार, समृद्धिको जग

Abstract

सन् १९८८ देखि आधिकारिक रूपले प्रयोगमा आएको होमस्टेको पर्यटन आज विश्वका विभिन्न राष्ट्रहरूमा अनेकौ तरिकाबाट आर्थिक तथा सामाजिक रुपान्तरण गर्ने महत्त्वपूर्ण अभियानका रूपमा सञ्चालन हुँदै आएको छ । प्रत्येक राष्ट्रको पर्यटन क्षेत्रको एउटा नयां अभ्यासका रूपमा बदलिंदो विश्व पर्यटनसँगै होमस्टेको प्रयोग भएको छ । विकसित राष्ट्रहरूमा होमस्टेलाई एक महत्त्वपूर्ण लगानी र आयआर्जन गर्ने व्यापारका रूपमा उपयोग गरिएको छ भने विकासोन्मुख राष्ट्रहरूमा यसको प्रयोग उत्पादन र रोजगारीको विषयमा विशेष जोड दिइएको पाइन्छ । विकसित राष्ट्रहरू अमेरिका, युरोप, अस्ट्रेलिया, क्यानडा आदिले होमस्टेमा ठूलो लगानी गर्दै यसलाई उच्च आर्थिक आयको औजार तथा व्यापार र मनोरञ्जनका रूपमा लिएका छन् । उनीहरूले बाल्य वातावरणीय आकर्षणको अतिरिक्त आन्तरिक र भित्री सेवा सुविधामा विशेष जोड दिदै पर्यटकको पहिचान र उद्देश्य बुझेर सोही सेवा सुविधाहरू प्रदान गर्दै आएका छन्। उनीहरूले मनोरञ्जनको रूपमा खाने, बस्ने, अध्ययन गर्ने, खेल्ने, योगा गर्ने, क्षमताको विकास गर्ने, तालिम प्रदान गर्ने आदि सुविधाहरूमा पर्यटकहरूको ध्यान आकर्षित गर्दछन्। नेपालको आर्थिक तथा सामाजिक समुन्नति र विकासका लागि पर्यटन उद्योगसँग सम्बन्धित ग्रामीण विकासको प्राथमिकतायुक्त कार्यक्रमको जल्दोबल्दो रूपमा होमस्टेलाई लिन सकिन्छ । यो घरवास कार्यक्रमले ग्रामीण क्षेत्रको आर्थिक विकास, रोजगारीको सिर्जना, कला र संस्कृतिको संरक्षण, स्थानीय क्षेत्रको प्रचार–प्रसार गर्नुको साथै ग्रामीण पूर्वाधारको विकासमा महत्त्वपूर्ण सहयोग पुर्याउन सक्दछ । होमस्टे कार्यक्रमबाट ग्रामीण जनताको व्यवसायमा वृद्धि, सीपमूलक उत्पादन, सामूहिक एकता र चेतनाको अभिवृद्धि गराउदै यसबाट स्थानीय उत्पादकत्वलाई विशेष प्राथमिकता दिएर शैक्षिक परिवर्तन र सामाजिक उत्थानको अध्ययन अनुसन्धान गर्न सकिन्छ । नेपाल ग्रामीण क्षेत्रले भरिपूर्ण तथा प्राकृतिक तथा भौगोलिक सौन्दर्यता र हिमताजले सिंगारिएको देश भएकाले यहां होमस्टे कार्यक्रम सफलताका साथ सञ्चालन र विकास भएर देशको समग्र अर्थतन्त्रको उत्थानमा मद्धत पुग्न सक्ने आशा गर्न सकिन्छ ।

Downloads

Download data is not yet available.
Abstract
12
PDF
7

Author Biography

गोविन्दमानसिंह Govindamansingh कार्की Karki, त्रिचन्द्र कलेज, घण्टाघर

प्राध्यापक

Downloads

Published

2023-12-31

How to Cite

कार्की Karki ग. G. (2023). नेपालको आर्थिक विकास होमस्टे सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७६ . HISAN: Journal of History Association of Nepal, 9(1), 22–40. https://doi.org/10.3126/hisan.v9i1.64010

Issue

Section

Articles