चेपाङ जाति र यिनका सांस्कृतिक परम्पराहरू

Authors

  • ढाकाराम Dhakaram सापकोटा Sapkota रत्न राज्यलक्ष्मी क्याम्पस, इतिहास विभाग

DOI:

https://doi.org/10.3126/hisan.v9i1.64034

Keywords:

जातजाति, संस्कार, आदिवासी, सिमान्तकृत र पहिचान

Abstract

नेपालमा रहेका विभिन्न जातजातिहरूमध्ये चेपाङ जाति पनि एक हो । लेखमा नेपालका केही निश्चित क्षेत्रमा बसोबास गर्ने सिमान्तकृत समूहअन्तर्गत रहेको चेपाङ जातिको सांस्कृतिक अवस्थाका बारेमा अध्ययन गरिएको छ । यो जाति निकै लामो समयसम्म राजनीतिक, शैक्षिक, आर्थिकलगायतका विभिन्न स्वरुपमा पिछडिएको अवस्थामा रहेको थियो । प्रकृतिपूजन दृष्टि, संयुक्त परिवारको सामाजिक संरचना, आदिम प्रकारको चालचलन आदि यस जातिका मुख्य विशेषता हुन्। वर्तमान समयमा भने चेपाङ जातिको यस मौलिक पहिचानमा धेरै परिवर्तन आएको छ । समयक्रमसँगै अन्य जाति र समुदायसँगको सम्पर्कले कति कुरा उनीहरूबाट सिक्दै आएका भए तापनि सांस्कृतिक परम्पराहरु सम्पन्न गर्ने सवालमा केही मौलिक संस्कारहरूलाई निरन्तरता दिदै आएका छन् । लेखमा द्वितिय स्रोतका आधारमा समाजशास्त्रीय सिद्धान्तमा केन्द्रीत भई अध्ययन गरिएको छ । अध्ययनका क्रममा चेपाङ जातिमा वर्तमान समयमा प्रसस्त परिवर्तनहरु आउदै गएको देखिएको छ । चेपाङ जातिको सांस्कृतिक अवस्थाको जानकारीसँगै जातीय परिचय गराउनु प्रस्तुत लेखको उद्देश्य रहेको छ ।

Downloads

Download data is not yet available.
Abstract
15
PDF
12

Author Biography

ढाकाराम Dhakaram सापकोटा Sapkota, रत्न राज्यलक्ष्मी क्याम्पस, इतिहास विभाग

उप–प्राध्यापक

Downloads

Published

2023-12-31

How to Cite

सापकोटा Sapkota ढ. D. (2023). चेपाङ जाति र यिनका सांस्कृतिक परम्पराहरू. HISAN: Journal of History Association of Nepal, 9(1), 71–80. https://doi.org/10.3126/hisan.v9i1.64034

Issue

Section

Articles