पनौतीको पर्यटकीय महत्व {The Tourism Importance of Panauti}

Authors

  • बमबहादुर Bambahadur अधिकारी Adhikari पद्मकन्या बहुमुखी क्याम्पस, त्रि.वि.

DOI:

https://doi.org/10.3126/hisan.v9i1.64109

Keywords:

पर्यटन विकास, पनौती

Abstract

सन् १९५० को जुन ३ का दिन फ्रान्सका मौरिस हर्जागले संसारका ८ हजार मिटर भन्दा अग्ला १४ वटा हिमालहरूमध्ये प्रथम पटक नेपालको अन्नपूर्ण हिमालको आरोहण गरेपछि मात्र नेपालको पर्यटन सुरुवात भएको मानिन्छ । संसारकै सबैभन्दा ठूला उद्योगहरूमध्ये एकका रुपमा विकसित र रोजगारी सिर्जना गर्ने प्रमुख आधार बनेको पर्यटन व्यवसाय आय आर्जनको महत्वपूर्ण कडी एवं साधन हो ।

 वर्तमान बदलिँदो विश्वपरिवेशमा पर्यटन व्यवसायले राष्ट्रिय आम्दानीको ठूलो हिस्सा ओगटेको सघाएको छ । अन्तर्राष्ट्रिय पर्यटनका लागि निस्केका २७० मिलियन पर्यटकहरूबाट ७५ हजार मिलियन डलर समष्टीगत रुपमा वर्तमान समयमा आम्दानी भएको तथ्याङ्क भेटिएको छ ।द्दपर्यटन यात्रा, भ्रमण मात्र नभएर देशको आर्थिक मेरुदण्डलाई मजबुत गराउने तथा जाति, जनजाति र आदिवासीहरूका बिचमा सम्बन्ध कायम गराएर विश्वका मानवजातिबिच परस्परमा सद्भाव सिर्जना गर्ने महत्वपूर्ण विषय पनि हो । विश्व पर्यटकीय महत्वका विषयवस्तुहरूले विश्वमा पौराणिक, धार्मिक, पुरातात्वक, ऐतिहासिक र सांस्कृतिक स्थलहरूको अन्वेषण कार्य अगाडि बढेको छ । पुराना सामग्रीहरूलाई संरक्षण गर्न सकियो भने भावी पीँढीका लागि त्यही वस्तु पर्यटकीय सामग्री बन्न सक्दछ । सिद्धान्ततः व्यापार, मनोरञ्जन वा रमाइलोका लागि विभिन्न विधि अपनाएर गरिने यात्रालाई ‘पर्यटन’ भनिन्छ । विश्व पर्यटन सङ्गठनको परिभाषा अनुसार पर्यटक भत्राले “आफ्नो सामान्य परिवृत्ति बाहिर, चौबीस (२४) घण्टाभन्दा बढी तर एक क्रमागत वर्षभन्दा कम समय, मनोरञ्जन, व्यापार र त्यस ठाउँमा आयश्रोत हुने क्रियाकलाप बाहेक अन्य उद्देश्यका लागि यात्रा गरी बस्ने “मान्छेलाई जनाउँछ । विश्व समाजमा पर्यटन एक लोकप्रिय फुर्सदको मनोरञ्जनात्मक क्रियाकलाप भएको छ । मानव निर्मित धार्मिक, सांस्कृतिक र ऐतिहासिक पर्यटकीय सामग्रीहरूले मानव समाजको धार्मिक सहिष्णुता र पर्यटकीय गन्तव्य स्थलहरूको प्रचार–प्रसारमा निकै ठूलो महत्व राख्दछ ।

Downloads

Download data is not yet available.
Abstract
11
PDF
7

Author Biography

बमबहादुर Bambahadur अधिकारी Adhikari, पद्मकन्या बहुमुखी क्याम्पस, त्रि.वि.

सहप्राध्यापक 

Downloads

Published

2023-12-31

How to Cite

अधिकारी Adhikari ब. B. (2023). पनौतीको पर्यटकीय महत्व {The Tourism Importance of Panauti}. HISAN: Journal of History Association of Nepal, 9(1), 103–117. https://doi.org/10.3126/hisan.v9i1.64109

Issue

Section

Articles