मध्यकालमा बुद्ध धर्म Madhyakalma Buddha Dharma

Authors

  • जुनु Junu बासुकला Basukala रञ्जितकार Ranjitkar इतिहास तथा बौद्ध अध्ययन विभाग, त्रि.वि. पाटन संयुक्त क्याम्पस, पाटनढोका ललितपुर Department of History and Buddhism, TU Patan Multiple Campus, Patandhoka, Lalitpur

Keywords:

मल्लकाल Mallakal, बौद्ध धर्म Bouddha Dharma, वज्रयान bajrayan, प्रज्ञापारमिता Pragyaparmita, विहार र चैत्य Bihar ra Chaitya

Abstract

मध्यकालमा बुद्ध धर्म डा. जुनु बासुकला रञ्जितकार सारांश सन् ८७९ देखि १२०० सम्मको काललाई राजनैनिक रुपले अन्धकार युग भनिए पनि बौद्ध धर्मकोबज्रयानको दृष्टिकोणले हेर्दा चरम अवस्थामा पुगेको समय हो । त्यस समय बौद्ध धर्म, दर्शन, संस्कृत भाषाको अध्ययन अध्यायपनको लगि नेपाल, भारत र तिब्बतको अन्तराष्ट्रिय समन्वय हुँदा नेपाल पुलको रुपमा थियो ।यही समयमा संस्कृत बौद्ध साहित्यहरू प्रज्ञापारमिता, सद्धर्मपुण्डरीकसूत्र, पञ्चरक्षा, नामसंगीति आदि सारेर ग्रन्थ तयार गरी ग्रन्थमा चित्र पनि लेख्ने विकास भएको थियो । बाह्रौँ शताब्दीको अन्त्यतिर भारतमा बौद्ध धर्मको नाशहुनु र यहाँ मल्ल राजाको शासनको शुरू भएपछि काठमाडौँ उपत्यका बज्रयान बौद्ध धर्मको केन्द्र हुनुका साथै तान्त्रिक देवीदेवता पनि केन्द्रस्थल हुन पुग्यो । यहाँका राजाहरूले पनि विहार निर्माण, बौद्ध मूर्ति स्थापना, बौद्धजात्रा गर्नुका साथै तिनीहरू लामो समयसम्म संरक्षण र सम्वद्र्धनको लागि जग्गा जमीनहरू समेत राखे । यहीसमयमा नै ब्राह्मण धर्मको प्रवेश भएपछि खुशीले वा करबलले भिक्षु भिक्षुणीहरू गृहस्थी जीवनमा आउनुका साथै ब्राह्मण धर्ममा जस्तै बौद्धहरूमा पनि काम अनुसारको जात विभाजन कार्य पनि भयो । यही समयमा पश्चिम नेपालमा चारसय वर्षसम्म खस मल्ल राजाहरू बौद्ध धर्मका अनुयायी भएकाले बौद्ध धर्मको विकास हुनुका साथैविहार, चैत्य र बुद्धका मूर्तिहरू समेत स्थापना भएको थियो । मल्लकालको उत्तराद्र्धमा पुराना विहार र चैत्यहरूजीर्णोद्धार गर्नुका साथै नयाँ विहार र चैत्य निर्माणमा निरन्तरता नै भइरह्यो ।

Abstract
412
pdf
1

Author Biography

जुनु Junu बासुकला Basukala रञ्जितकार Ranjitkar, इतिहास तथा बौद्ध अध्ययन विभाग, त्रि.वि. पाटन संयुक्त क्याम्पस, पाटनढोका ललितपुर Department of History and Buddhism, TU Patan Multiple Campus, Patandhoka, Lalitpur

उपप्राध्यापक Assistant Professor

Downloads

Published

2020-08-01

How to Cite

रञ्जितकार Ranjitkar ज. J. ब. B. (2020). मध्यकालमा बुद्ध धर्म Madhyakalma Buddha Dharma. Historical Journal, 11(1), 134-148. https://doi.org/10.3126/hj.v11i1.34698

How to Cite

रञ्जितकार Ranjitkar ज. J. ब. B. (2020). मध्यकालमा बुद्ध धर्म Madhyakalma Buddha Dharma. Historical Journal, 11(1), 134-148. https://doi.org/10.3126/hj.v11i1.34698