मानवीय जीवन पद्धति र बुद्धदर्शन

Authors

  • Jagat Prasad Parajuli Patan Multiple Campus, Tribhuvan University

DOI:

https://doi.org/10.3126/hj.v12i1.35631

Keywords:

युगान्तकारी परिघटना, लोकधर्म, उत्तम–मंगल, दशपारमिता र अतुलनीय उपदेश ।

Abstract

पृथ्वीमा मानवरूपी शरीर लिएर जन्मिनु आपैmमा एउटा महŒवपूर्ण घटना हो। यसलाई युगान्तकारी परिघटनाको
रूपमा पनि स्वीकार्न सकिन्छ । यस संसारमा अबतरित भएर जीवनलाई सार्थक बनाउने किसिमका सबैखाले
नैतिक, चारित्रिक, आध्यात्मिक लगायतका समसामयिक पक्षहरूलाई सवल र उपलब्धिमूलक बनाउन गरिएका
वैध कृयाकलापहरू, खेलिएका भूमिका, पु¥याएको योगदान आदिले मानवीय जीवन पद्धतिलाई प्रभावकारी
तुल्याइरहेको हुन्छ । हरेक दिन, प्रत्येक प्रहर मानिसको जीवनसँग सुख, दुःख, लाभ, हानी, निन्दा, प्रशंसा, यश
र अपयश गरी ८ वटा लोकधर्म सानिध्य र अन्योन्यास्रित भएर निरन्तर दोहोरिरहन्छन्। बुद्धद्वारा प्रदत्त उत्तम
मंगल देशनाद्वारा तिनीहरूको परिपालन गर्न ३८ वटा मंगल धर्मको मार्ग वा उपाय अवलम्बन गर्न सुझाइएको
छ । जन्मदेखि मृत्युसम्म नै सुखान्तक र दुःखान्तक परिवेशले छायाँ बनेर लगातार पच्छ्याइरहेको हुन्छ । यस्तो
स्थितिलाई संयमित, अनुशासित, मर्यादित तथा अविचलित भएर सुल्झाउन सद्कार्य गरिहनु आवश्यक हुन्छ ।
यसका लागि पनि भगवान् बुद्धले दशपारमिताको उपाय र समरूपी मध्यस्थ बिन्दुको माध्यमबाट पार पाउन
सकिने उपदेश दिनुभएको छ । शोक, दुःख र विपत्तिको शिकार हुन नदिनू यो आपैmमा सर्वोत्कृष्ट मार्ग हो।
मानिसको जीवन सधैँ सरसपूर्ण, सहजपूर्ण, सरलतम्, फराकिलो र निस्फिक्री ढंगले मात्र अगाडि बढ्दैन, सरल
रेखाबाट मात्र परिचालित हुँदैन । अनेकौँ विघ्नवाधा, हन्डर, भुक्तमान र विश्मयका जंघारहरू पनि तर्नुपर्छ,
सहन गर्नुपर्छ । यसका लागि सन्तुलित, सुरक्षित, शितल र निर्भयताका साथ उभिनु अनिवार्य हुन्छ । यसर्थ
जीवनलाई समभाव, समदृष्टि र समव्यवहारबाट सुसज्जित गराउनु अपरिहार्य छ । शान्ति, अमनचयन, सुख,
समृद्धि आदि बाह्य सतहमा हुँदैन । त्यसैगरी विश्मयादी परिदृश्य पनि बाहिरको क्षितिजमा निहित रहँदैन । ती
सबै क्षणहरू आपूmभित्र नै अन्तरनिहित हुन्छन् । गुलाफको पूmलको जीवनवृत्त जस्तै मानवरूपी शरीरभित्र नै
तिनीहरूको अस्तित्व रहन्छ । फेरबदल, चलखेल र विकासक्रम पनि दुबै पाटाबाट अविच्छिन्न रूपमा परिचालित
भइरहन्छ । मानव जीवनलाई सुसंगठित, सुव्यवस्थित, सुनियोजित र सुनिश्चित तुल्याउन, बुद्धदर्शन नै अद्वितीय
अनुपम, अतुलनीय र औपदेशिक शिक्षाद्वारा सम्भव हुन्छ । बुद्धधर्मसँग सम्बन्धित अलौकिक, लौकिक, परलौकिक,
आध्यात्मिक विधाहरूलाई हृदयङ्गम गर्नु, अनुशरण गर्नु र अनुकरण गर्नु श्रेयस्कर ठहर्छ ।

Downloads

Download data is not yet available.
Abstract
136
pdf
130

Author Biography

Jagat Prasad Parajuli, Patan Multiple Campus, Tribhuvan University

Asso. Professor 

Downloads

Published

2020-12-31

How to Cite

Parajuli, J. P. (2020). मानवीय जीवन पद्धति र बुद्धदर्शन. Historical Journal, 12(1), 133–141. https://doi.org/10.3126/hj.v12i1.35631

Issue

Section

Research Article