Sub-caste of Jalamis जलमिहरूको कुनां

Authors

  • Omkaresvora Shrestha Professor, Tribhuvan University

DOI:

https://doi.org/10.3126/hj.v13i1.46220

Keywords:

हरिसिद्धि, जलमि, ज्यापु, कुनां

Abstract

हरिसिद्धिका वासिन्दालाई नेपालभाषामा ‘जलमि’ भनिन्छ । जलमीहरूको जनसंख्याको ९९ प्रतिशत मानिसहरू ज्यापु जातिका छन् । जनबोलीमा ज्यापु भनिने महर्जनहरू नेपाल उपत्यकाका आदिवासी हुन्, जसले समग्र नेवार जनसंख्याको आधाभन्दा बढी संख्या ओगटेको विश्वास गरिन्छ । उपत्यकाका तीन प्रमुख शहरहरूका साथै अरू ३९ वस्तीहरूमा नेवारहरूको उपस्थिति रहेको छ । यस अध्यायमा जलमिहरूका कुनांको बारेमा केन्द्रित छ । कुनां भन्नाले अंग्रेजीको Totem सित मिल्दोजुल्दो देखिन्छ, नेपाली खस समाजको उपथर भन्न अलि गाह्रो छ । यसभित्र मानिसको पेशा, शरीरको आकृति, स्वभाव, बानीव्यहोरा, स्थाननामबाट प्रेरित भएर राखिएका विशेषणवाची नामहरू छन् । खस समाजमा पाइने गोत्र जस्तो ठ्याक्कै हैन, तर केही हदसम्म गोत्रको परम्परा र केही अंश स्थानीय परम्परा भएको नामकरण प्रथा कुनां हो, जसलाई भक्तपुरका नेवारले बेनां वा विनां भन्छन् । कुनांको अर्थ कुलनाम र विनांको अर्थ विशेष नाम
हुन्छ । हरिसिद्धि वा जलदेसका मूख्य चार परम्परागत टोलहरूमा यी कुनांधारी मानिसहरू बस्छन् । यी कुनांहरूको सूचीसम्म यहाँ दिइएको छ । यसको विश्लेषण सम्बन्धित समूहमा तल वर्ण गरिएको छ । वपि टोलमा यी ५२, समल टोलमा १३ वटा, पाखाचो टोलमा ११ र साफल टोलमा ३० वटा र समग्रमा यस गाउँमा ११६ वटा कुनां भएका मानिसहरू बस्छन् । यी कुनांहरुको समूहगत रूपमा पाठ, आक्षरिक बनोट, आक्षरिक अर्थ र प्रयोगात्मक अर्थको तहमा विश्लेषण गरिएका छन् ।

Downloads

Download data is not yet available.
Abstract
70
pdf
72

Downloads

Published

2022-07-04

How to Cite

Shrestha, O. (2022). Sub-caste of Jalamis जलमिहरूको कुनां. Historical Journal, 13(1), 28–38. https://doi.org/10.3126/hj.v13i1.46220

Issue

Section

Research Article