Importance of Expert Review in Academic Writing प्राज्ञिक लेखनमा विज्ञ समीक्षाको महत्व

Authors

  • Jagat Prasad Parajuli Associate Professor, Tribhuvan University

DOI:

https://doi.org/10.3126/hj.v13i1.46224

Keywords:

अन्वेषणात्मक कार्य, त्रिकालदर्शी सचेतना, अमोघ साधन, शक्तिशाली कुञ्जी, युगान्तकारी रूपान्तरण

Abstract

मानव सभ्यता तथा संस्कृतिको विकास समयानुकूल आवश्यकता परिपूर्ति गर्न गरिएको लामो  सङ्घर्षको परिणति थियो । यो तत्कालिन समय सापेक्षित आवश्यकता तथा अनिवार्यताको पूर्णताका लागि रचयित मानवीय कृयाकलापहरूको समसामयिक उपलब्धिहरूको ऐतिहासिक फेहरिस्त पनि हो किनकी प्रत्येक कालखण्डमा अपरिहार्य ठानिएका विषय प्रसङ्गमा शोध, खोज र अन्वेषणमा क्रियाशील भएकै कारण नवीन आविष्कारहरू जन्मिए । तिनीहरूले काल क्रमिक प्रगति र त्रिकालदर्शी सचेतना जगायो । फलस्वरूप युगान्तकारी परिवर्तनहरू भए जसले मानव जातिलाई निरन्तर खोजमूलक कार्यमा सक्रियता निर्वाह गर्न उत्प्रेरित गरिरह्यो । परिणामतः परम्परित अन्वेषणात्मक प्रकृयामा व्यवस्थितपन, विधि प्रविधियुक्तता र वैज्ञानिक पद्धतिमा रूपान्तरण भई अनेकानेक सैद्धान्तिक अवधारणाहरू प्रतिपादित हुन पुगे । लगातारको स्मरणशक्तिको अभूतपूर्ण उपयोगद्वारा अनुसन्धानात्मक गतिविधिले विद्यमान परिवेश प्राप्त गर्न सक्षम भएको  हो ।

वास्तवमा समग्र मानव इतिहास शोध, खोज र अन्वेषणबाट प्राप्त दूरगामी परिणाम तथा उपलब्धिहरूको ऐतिहासिक दस्तावेज हो । यो समाज कल्याणको अमोघ साधन र ज्ञान उत्पादन, वृद्धि एवं विस्तारको शक्तिशाली कुञ्जी पनि हो । त्यसैगरी अनुसन्धानात्मक कृयाकलाप बौद्धिक एवं प्राज्ञिक उन्नयनको अविच्छिन्न अभ्यास र साधना पनि हो । यसले परम्परित ज्ञानलाई पुन: परिभाषित गर्दछ । त्यसमा परिवर्तन, सुधार, परिमार्जन र पुष्टिकरण समेत गर्दछ । लगातारिताका साथ ज्ञानको खोजी उत्पादन, ज्ञान वृद्धि विस्तार तथा ज्ञानको भण्डारण गर्न पनि प्राज्ञिक साधना उद्देश्यमूलक गन्तव्य तर्फको यात्रामा अपरिहार्य सावित भएको छ । मानिस विवेकशील सामाजिक प्राणी भएको कारण दैनन्दिन नवीनतातर्फ गतिशील हुनु मौलिक विशिष्टता
हो । यसले प्राज्ञिक लेखन अर्थात् बौद्धिक सिर्जनशीलता अभिवृद्धि गर्दछ । त्यसलाई पनि नियमबद्ध
, प्रविधिसम्बद्ध, शोधविधियुक्त र वैज्ञानिक पद्धतिअनुरूप सङ्गतिपूर्ण तुल्याउँदै अगाडि बढाउन प्रयत्न भइरहेको हुन्छ । यस्ता प्राज्ञिक कार्यहरू चाहे लघुअनुसन्धान होस् या शोधपत्र, शोधप्रबन्ध होस् या प्राज्ञिक आलेख तथा प्रतिवेदन तयार गर्ने कुनै पनि बौद्धिक कार्य नै किन नहोस्, त्यसलाई व्यवस्थित तथा वैज्ञानिक पद्धतिअनुरूपका अनिवार्य घटकहरूको सुसङ्गतिपूर्ण सुगठन, गहन, गुणस्तरीय र प्रभावकारी अन्वेषणात्मक कार्यको मूलभूत उद्देश्य नै हुन्छ ।

Downloads

Download data is not yet available.
Abstract
92
pdf
153

Downloads

Published

2022-07-04

How to Cite

Parajuli, J. P. (2022). Importance of Expert Review in Academic Writing प्राज्ञिक लेखनमा विज्ञ समीक्षाको महत्व. Historical Journal, 13(1), 48–56. https://doi.org/10.3126/hj.v13i1.46224

Issue

Section

Research Article