Historical Analysis of the Term Terai Madhesh तराई मधेस शब्दको ऐतिहासिक विश्लेषण

Authors

  • Vijaya Prasad Mishra Associate Professor, Tribhuvan University

DOI:

https://doi.org/10.3126/hj.v13i1.46225

Keywords:

तराई, मधेस, सुषिम, फिकदार, बेख

Abstract

नेपालको चुरे श्रृंखलाको दक्षिण भागमा रहेको समथर भू–भागलाई मधेस वा तराई भनिन्छ ।  मधेस वा तराई शब्दमध्ये कुन उपयुक्त हो भन्ने विषयमा मानिस पिच्छे फरक फरक धारणा पाइन्छ । नेपाली बृहत शब्दकोशमा तराईको अर्थ पहाडमुनिको फराकिलो समतल भूभाग, मधेस भनिएको छ । त्यसैगरी सोही शब्दकोशमा मधेस भन्नाले मध्यदेश भनेर पहिलो बुँदामा ‘अग्लो होचो र डाँडाकाँडा नभएको एक्दम समथर भूमि, तराई, मधेश’ र दोस्रो बुँदामा ‘हिमालदेखि दक्षिण, विन्ध्य पर्वतदेखि उत्तर, कुरुक्षेत्रदेखि पूर्व प्रयागदेखि पश्चिमपट्टी पर्ने समथर भूभागको पुरानो नाउँ, मध्यप्रदेश ।’ नेपाली संक्षिप्त शव्दकोशमा हिमालदेखि दक्षिण विन्ध्याञ्चल पर्वतदेखि उत्तर कुरुक्षेत्रदेखि पूर्व र प्रयागदेखि पश्चिममा रहेको प्रदेशको पुरानो नाम मध्यदेश भनिएको छ । नेपाली शब्द सागर (सोपपत्तिक कोश) मा तराई भन्नाले पहाडभन्दा तल पर्ने समथर भूभाग, मैदानी फेदी भाग भनी उल्लेख गरिएको छ ।

            मधेस शब्द मधेस आन्दोलनले स्थापित गरेको शब्द हो । राजनीतिक पार्टीहरूले मधेस सवाललाई उठाउने सन्दर्भमा मधेस शब्दको प्रचुर मात्रामा प्रयोग गरेका थिए र यो शब्द अहिले सरकारीरूपमा प्रयोग हुन थालेको छ । मधेस शब्द भनेको भुगोल पनि हो संस्कृति पनि हो । एडभान्स लर्नर डिस्नरी अनुसार तराई भनेको प्लेन ल्याण्ड हो । तराई शब्द किन प्रचलित भयो भने १८१५ को सुगौली सन्धीमा तराई नै लेखिएको छ । ८ डिसेम्बर १८१६ को स्मरण पत्रमा मधेस गोर्खाली समुदायलाई दान दियो त्यसमा पनि तराई शब्द नै छ । बृटिशहरू मधेस बुझ्दैनथे । तर तराई बुझ्दथे । नेपाल सरकारसंग गरेको संझौतामा उनीहरूले ‘तराई’ शब्द नै राखेका छन् ।

Downloads

Download data is not yet available.
Abstract
66
pdf
68

Downloads

Published

2022-07-04

How to Cite

Mishra, V. P. (2022). Historical Analysis of the Term Terai Madhesh तराई मधेस शब्दको ऐतिहासिक विश्लेषण. Historical Journal, 13(1), 57–64. https://doi.org/10.3126/hj.v13i1.46225

Issue

Section

Research Article