Mataya: Festival a symbol of Cultural Unity मतयाःपर्व सांस्कृतिक एकताको प्रतिक

Authors

  • Rasa Joshi Associate Professor, Tribhuvan University

DOI:

https://doi.org/10.3126/hj.v13i1.46226

Keywords:

बुद्ध, मतयाः, श्रृंगभेरी, स्तूप, बोगी

Abstract

उपत्यकाको सांस्कृतिक पर्वमध्ये ललितपुरको मतयाःपर्व विशिष्ट रहेको छ । भाद्रकृष्ण द्वितीयाका दिन मृतकको आत्माले शान्ति र निर्वाण पाउन भनी ललितपुरका बौद्ध र अन्यधार्मिक सम्पदा स्थलमा दीपयात्रा गरी मनाइने मतयाः पुराकथाको परम्परा बोकेर अघि बढेको छ । गुणकारण्डव्यूह सूत्रको चैत्य पुङ्गावदानमा उल्लेखित शशिपटनका राजा सिंहकेतुको मृत्युपश्चात् राँगोको रूपमा जन्मिएर मृत्युपछि उनको सिङको बाजाबजाइ देवस्थल परिक्रमा गरेर प्रारम्भ भएको मतयाः धार्मिक एवं सामाजिक समन्वयको प्रतिकको रूपमा लिन सकिन्छ । श्रावणशुक्लपूर्णिमाका अघिल्लो दिन कुम्भेश्वरमा नौबाजा बजाइ प्रारम्भ हुने मतयाः बौद्धकथामा आधारित भएपनि शिव र शिवगणको अनिवार्य उपस्थिति रहेको छ । मतयाःमा धार्मिक सम्पदा स्थलमा दानपारमिताको महत्व दर्शाउन दीपदानसँगै पुस्तक, विभिन्न मिठाइ र अन्य सामग्रीको दानदिने गरिन्छ । आफ्ना स्वजनको मृत्युमा मात्रै होइन अन्य जो कोही मृत्यु भएकाहरूको आत्माका शान्ति कामना गर्दै ललितपुरका चारथूर भित्रका बौद्ध सम्पदास्थल परिक्रमा गर्ने गरिन्छ । चारथूरलाई आधार मानीगरिने यस उत्सवमा जातीय भेदभाव नरहेको मतयाःलाई कुशल समाजको निर्माणको अनुपम नमूनाको रूपमा लिन सकिन्छ ।

Downloads

Download data is not yet available.
Abstract
73
pdf
78

Downloads

Published

2022-07-04

How to Cite

Joshi, R. L. . (2022). Mataya: Festival a symbol of Cultural Unity मतयाःपर्व सांस्कृतिक एकताको प्रतिक. Historical Journal, 13(1), 65–71. https://doi.org/10.3126/hj.v13i1.46226

Issue

Section

Research Article