Ten Royal Dharma in Jataka Stories जातककथामा दश राजधर्म

Authors

  • Aniruddha Maharjan Theravada Academy Affiliated to Lumbini Buddhist University

DOI:

https://doi.org/10.3126/hj.v13i1.46229

Keywords:

दश राजधर्म, सुशासन, बोधिसत्व, जातक, दान

Abstract

आजभन्दा २६०० वर्ष अगाडि शाक्यमुनि बुद्धले तत्कालीन घटना र सन्दर्भ जोडेर आफ्नो पूर्व जन्मको घटना बताइएका ५४७ वटा बोधिसत्व जातककथा संग्रह भएको पाइन्छ । ती जातककथाहरूमा राज्यमा सुख, शान्तितथा समृद्धिसहित सुव्यवस्था कायम गर्नको खातिर शासक वर्गले आफनो बानी, व्यवहार तथा कामकर्तव्य पालना गर्ने क्रममा आवश्यक दश गुण वादान, शील, परित्याग, अज्जव, मधव, तप, अक्रोध, अविहिंसा, क्षान्ति र अविरोधी राजधर्मको उल्लेख छन् । बुद्धले तत्कालिन परिस्थितिमा घटेका घटना, परिदृश्य एवम् प्रसंगलाई आफू पूर्व जन्ममा बोद्धिसत्व भएको समयमा घटेका घटनासँग जोड्दै देश नभएको जातककथाहरूमध्ये महाहंस, नन्दियमिगराज, तेलपत, सुमंगल, राजोवाद, कूरू धर्म, जनसंन्ध, भिक्खा परम्परमा दश राजधर्मको उल्लेख भएको पाइन्छ । कुनै कुनै जातकमा अलग-अलग रूपमा र कहीँ न कहीँ अवयव जोडिएर आएको तेसकुश, एकराज, शिवि र वेस्सन्तर जातककथाहरूमा उल्लेख छन् । यसरी जातककथाहरूमा राजाहरूले शासन गरेको घटनालाई जोडी बुद्धकालिन अवस्थाको चित्रण गरेर नैतिक तथा धार्मिक शिक्षा दिएको पाइन्छन् । अतः यो लेखले राज्यमा सुशासन तथा सुव्यवस्था कायम गर्न बुद्ध शिक्षाको महत्व रहेको यथार्थतालाई मध्यनजर राखी जातक कथामा आधारित दश राजधर्मले राज्यमा सुशासन कायम गरेका सन्दर्भ  र ज्ञान वर्तमान अवस्थामा पनि महत्वपूर्ण, सान्दर्भिक र उपयोगी रहेको ज्ञानलाई प्रकाश पारिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
81
pdf
72

Downloads

Published

2022-07-04

How to Cite

Maharjan, A. (2022). Ten Royal Dharma in Jataka Stories जातककथामा दश राजधर्म. Historical Journal, 13(1), 91–101. https://doi.org/10.3126/hj.v13i1.46229

Issue

Section

Research Article