Importance of Gilansuttas in Suttapitaka सुत्तपिटकमा गिलानसुत्तहरूको महत्त्व

Authors

  • Reshma Shakya Theravada Academy Affiliated to Lumbini Buddhist University

DOI:

https://doi.org/10.3126/hj.v13i1.46230

Keywords:

गिलान सुत्त, बुद्धवचन, सतिपट्ठान, सप्तबोध्यंग, लोकसंज्ञा परित्याग

Abstract

सुत्तपिटकका पाँच निकायहरूमध्ये संयुत्तनिकायमा नौ र अंगुत्तरनिकायमा दुई ठाउँमा गरी जम्मा एघार स्थानमा गिलान सुत्तहरू उपलब्ध छन् । गिलानको शाब्दिक अर्थ रोगी वा विरामी हो । रोग, भोक र शोकले व्याप्त वर्तमानको कोरोना संक्रमणकालले विश्व स्वास्थ्य संगठनले परिकल्पना गरेको शारीरिक, मानसिक र सामाजिक स्वस्थता ल्याउने ध्येयमा नराम्रो आघात पुगेको छ । यस अवसरमाबुद्धवचन “आरोग्य परमा लाभा”को चरित्रार्थ गर्न रोग वा रोगीसँग सम्बन्धित सुत्तहरूको अनुसन्धान समय सापेक्ष हुने अवधारणा रहेको छ । गिलान सुत्तमा रोगका विषयहरू त्रिलक्षण विधि, सतिपट्ठान, सप्तबोध्यंग, लोकसंज्ञा परित्याग आदिको महत्व पहिचान गरेको छ । हाल त्रिलक्षण र सतिपट्ठान विषयहरूमा आधारित भई साइकोथेरापीमा विकसित रोग मुक्त्तिका पद्धतिहरूको सफलता र कोरोनाको संक्रमण काललाई अवसरको रूपमा लिई सुत्तको महिमा जनजनमा पुग्ने बाटो खुलाएको र रोगको माध्यमबाट दुःख र दुःख मुक्तिको मार्ग दर्शन गराई दुःख निरोधको दिशातर्फ उन्मुख गराउन सकिने संभावना प्रस्तुत गरेको छ । सुत्तमा केवल स्मरण मात्र गरेर रोगबाट मुक्त भएको देखाएको सप्तबोध्यंगलाई वाचनमा सीमित गरिनु कमजोरी रूपमा देखिन्छ । त्यसैले करुणा र मैत्रीयुक्त समाजको परिकल्पनार्थ यी बोध्यंगहरूको उत्पत्ति गर्ने तर्फ अग्रसरताको जरुरत रहेको र साईकोथेरापीलाई चुनौतीको रूपमा विद्यमान रहेको यर्थाथता प्रस्तुत गरेको छ । बुद्धको अन्तिम वचन अप्रमादीत्वलाई सार्थक पार्न गिलान सुत्तहरूले मार्ग पहिचान गरिदिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
73
pdf
68

Downloads

Published

2022-07-04

How to Cite

Shakya, R. (2022). Importance of Gilansuttas in Suttapitaka सुत्तपिटकमा गिलानसुत्तहरूको महत्त्व. Historical Journal, 13(1), 102–111. https://doi.org/10.3126/hj.v13i1.46230

Issue

Section

Research Article