वि.सं. १९४२ देखि हालसम्मको सिंहसतलको अभिलेख

Authors

  • Junu Basukala Ranjitkar Tribhuvan University, Nepal

Keywords:

काष्ठमण्डप, जीर्णोद्धार, पुनर्निर्माण, सिंहसतल, श्रीकृष्ण

Abstract

काष्ठमण्डप निर्माण भैसकेपछि बाँकी भएको काठबाट बनाएको भन्ने मानिएको सिँल्यं सतल वि.सं. १९२५ सालमा यस क्षेत्रमा भएको आगलागीका कारण क्षति भएपछि हर्षनारायण मानन्धरले भूमितल्लामा १८ वटा पसल कवल, पहिलो तल्लामा चारैतिर कौसी र दोस्रो तल्लामा बरण्डा राखेर तीन तल्लाको सतलको पुनर्निर्माण गरेका थिए । आफ्नो घर निर्माण गर्न जग खन्दा प्राप्त भएको मुरली बजाइरहेका गरुडासनमा बसेका ढुङ्गाको श्रीकृष्णको प्रतिमा सतलको दोस्रो तल्लामा स्थापना गरी दैनिक नित्यपूजा, पर्व पर्वको पूजा, धार्मिक वाचन गर्न, पूजारी चिताइदार र तहलुवालाई भत्ता दिन तथा ब्राह्मणहरूलाई भोजन खुवाउन पसल कवलबाट उठेको रकम प्रयोग गरिन्थ्यो भन्ने बाँकी भएको रकम श्री ५ को सरकार गुठी तहबिल अड्डामा बुझाइन्थ्यो । जोगमाया मानन्धरको परिवारले चार कुनामा ढलोटको सिंहहरू स्थापना गरेपछि सिँल्यं सतलबाट सिंहसतल नाम रहन गयो । हर्षनारायण मानन्धरका शाखा सन्तानले रेखदेख गर्दै आएको सिंहसतल वि.सं. २०२८ सालमा सतलको रेखदेख गर्ने विषयमा मैथिल ब्राह्मण दुर्गालाल झासँग भैmझगडा भएकोले गुठि लगत तथा तहबिल कार्यालयले सर्जमिन गर्दा रेखदेख गरेको पाइएकोले वि.सं. २०३६ सालमा देविदास मानन्धरले सफाइ पाएको थियो । हाल मैथिल ब्राह्मण परिवारले श्रीकृष्णको दैनिक नित्यपूजा लगायत अन्य साँस्कृतिक कार्यहरू गर्दै आएका छन् । वि.सं. २०७२ सालको भूकम्पबाट सतलमा क्षति पु¥याएपछि गुठि संस्थानको स्वामित्वमा रहेको सतल पुरातत्त्व विभाग र नगरपालिकाको आर्थिक सहयोगमा जीर्णोद्धार गरिसकेपछि भूमितल्लामा हाल पर्यटकीय सूचना केन्द्रको कार्यालय राखेर पर्यटकको आरामस्थल बनाएको छ ।

Abstract
226
pdf
0

Author Biography

Junu Basukala Ranjitkar, Tribhuvan University, Nepal

Head Of Department Department of History and Buddhist Studies, Patan Multiple Campus

Downloads

Published

2023-10-04

How to Cite

Ranjitkar, J. B. (2023). वि.सं. १९४२ देखि हालसम्मको सिंहसतलको अभिलेख. Historical Journal, 14(2), 131-145. https://doi.org/10.3126/hj.v14i2.59072

Issue

Section

Research Article

How to Cite

Ranjitkar, J. B. (2023). वि.सं. १९४२ देखि हालसम्मको सिंहसतलको अभिलेख. Historical Journal, 14(2), 131-145. https://doi.org/10.3126/hj.v14i2.59072