भृकुटीका बारेमा विहंगम चर्चा

Authors

  • Murari Krishana Gautam Tribhuvan University, Nepal

DOI:

https://doi.org/10.3126/hj.v14i2.59075

Keywords:

अवसान, बैबाहिक सम्बन्ध, मतावलम्बीहरू, राजघराना, सत्यान्वेषण

Abstract

नेपालको लिच्छविकालिन इतिहासमा भृकुटी एउटा यस्तो नाम हो जसले दुई देश र दुई धर्मको बीचमा तादात्म्यता गराउँदछ । नेपाल हिन्दु मुलुक, जुन भोटको बौद्ध मुलुकसँग गहिरो सम्बन्ध राख्दछ । वैवाहिक कारणले नेपाललाई त्यस्तो कुन चाहिँ परिस्थितिले डो¥यायो वा कुन बाध्यता तथा रहरका कारण भोटमा नेपाली राजकुमारीको वैवाहिक सम्बन्धका लागि सहमति गर्नु प¥यो । कुनै राजाको व्यक्तिगत स्वार्थ थियो कि वा एउटा राजाले अर्को राजाकी छोरीलाई बलिदान गराएर आप्mनो कूल संरक्षण गर्न वा वंश रक्षा गर्नलाई त्यो विकट मुलुकमा नेपाली राजकुमारी सुम्पिनु प¥यो । भौगोलिक रूपले विकट, निकै टाढा, चिसो, तत्कालीन समयको अशिक्षित, अलग धार्मिक मतावलम्बीहरू भएको चिनियाँ मुलकमा जानुपर्ने, त्यो पनि ठूलो राशी कोसेली लिएर । प्रारम्भमा राजकुमारी भृकुटीले त्यहाँ नजाने विचार प्रकट गरेकी थिइन्, तर उनलाई त्यसतर्पm जान उत्साहित नै गरियो । उनका पिताले उनलाई बिदा गरे । वैवाहिक सम्बन्धका आधारमा दल, बल र सौगातसिहत दुई देशबीच सम्बन्ध सुदृढ बन्यो । राजघरानाको सम्बन्धले भृकुटी रानी बनिन् । भोटमा उनले बौद्ध धर्मका मूल्य र मान्यताहरूको प्रचार गरिन् । यस किसिमको कुटुम्बेरी नाताबाट आप्mनो ईश्वरीय अस्तित्व राख्न सफल भइन् । यद्यपि यथार्थपूर्ण अनुसन्धानका दृष्टिले यो विषय अन्वेषकका लागि भने रहस्यमय बनेको छ । वास्तविक अर्थमा भृकुटी को हुन् ? यिनको पहिचान एवं अस्तित्व कस्तो छ ? भन्ने विषय र यस सम्बन्धी उठेका प्रश्नहरूको निरूपण गर्न साक्ष्य प्रमाणहरू केलाएर सत्यान्वेषण गर्नुपर्ने देखिन्छ ।

Downloads

Download data is not yet available.
Abstract
80
pdf
90

Author Biography

Murari Krishana Gautam, Tribhuvan University, Nepal

Associate Professor Department of History, Saraswoti Multiple Campus

Downloads

Published

2023-10-04

How to Cite

Gautam, M. K. (2023). भृकुटीका बारेमा विहंगम चर्चा. Historical Journal, 14(2), 169–177. https://doi.org/10.3126/hj.v14i2.59075

Issue

Section

Research Article