आर्थिक सवालमा बुद्ध शिक्षाको महत्त्व

Authors

  • Anirudra Maharjan Theravada Buddhist Academy

DOI:

https://doi.org/10.3126/hj.v15i1.63975

Keywords:

अर्थाेपार्जन, कुशल कर्म, पञ्चशील, समाज, सम्यक आजिविका

Abstract

यस धर्तीमा मानिसको सृष्टिपश्चात् समयक्रमसँगै सभ्यताको विकास हुँदै आजको आधुनिक समाजको रूपमा विकसित भई हरक्षेत्र तथा हरपलमा मानव जीवनमा आर्थिक पक्ष जोडिन थाल्यो । विहान उठेदेखि नसुतेसम्म अनि गर्भधारणदेखि मृत्यु पश्चात्सम्म नै आर्थिक पक्षले गाज्न थालेसँगै आर्थिक क्रियाकलाप चलायमान भई आर्थिक सम्पतिको संकलन तथा संरक्षणको महत्त्व तथा आवश्यकता रहन गयो । वर्तमान जटिल जीवनशैलीमा आर्थिक सम्पन्नताको लागि मानव समाजमा हुने/नहुने, वैध/अवैध, नैतिक/अनैतिक क्रियाकलाप बढ्न गई समाजमा अपराध तथा भ्रष्टाचारजन्य घटना एवं शारीरिक तथा मानसिक तनावले ग्रसित बनाएको वर्तमान परिवेशमा उपरोक्त विकृति तथा विसंगतिको निराकरणको खातिर आर्थिक पक्षसँग सम्बन्धित सम्यक आजिविका, शील तथा नैतिक आचरण, हिरी र ओतप्प, राज्यको कर्तव्य, आयको वितरण, सम्पत्ति संरक्षण, चार सम्पदा, चार सुखसहित आर्थिक सवलताको लागि गरिने कार्य तथा क्रियाकलाप वा व्यवसायसँग जोडी गृहस्थीहरूको सुखमय जीवनयापनको लागि सोसँग सम्बन्धित विषयको उत्थानसहितको बुद्धको धर्म देशना तथा उपदेश आजभन्दा २६०० वर्ष अघिको तत्कालिन परिस्थितिमा जति महत्व रहेको थियो वर्तमान घडीमा अझ सान्दर्भिक, महत्वपूर्ण तथा उपयोगसिद्ध रहेको छ ।

Downloads

Download data is not yet available.
Abstract
23
pdf
16

Downloads

Published

2024-03-20

How to Cite

Maharjan, A. (2024). आर्थिक सवालमा बुद्ध शिक्षाको महत्त्व. Historical Journal, 15(1), 45–55. https://doi.org/10.3126/hj.v15i1.63975

Issue

Section

Research Article