राणाकालमा मुलुकी बन्दोवस्त अड्डाको संक्षिप्त सिंहावलोकन

Authors

  • Murari Krishana Gautam Tribhuvan University

DOI:

https://doi.org/10.3126/hj.v15i1.63979

Keywords:

पूँजी, प्रशासनिक व्यवस्था, फाँट, मुलुकी अड्डा, राणा प्रशासन

Abstract

नेपालको इतिहासमा १४–१५ सेप्टेम्बर १८४६ ई. १ को मध्यरात कोतपर्व जस्तो दुःखान्तकारी भयानक दुर्घटना घट्यो । यो घटनाले जंगबहादुर कुँवर नेपालको राजनीतिमा उदाए । उनले राणाशासनको जग बसाले । कोतको पटाङ्गिनीबाट बसेको राणशासनको जग १०४ वर्षसम्म कायम रह्यो । त्यसैले यो घटनालाई नेपालको इतिहासमा एउटा महत्त्वपूर्ण युगान्तकारी घटनाको रूपमा चित्रण गरिन्छ । राणाशासन एकात्मक, केन्द्रीकृत, निरंकुश, जहानियाँ र हुकुमी तन्त्रमा आधारित थियो । प्रशासनिक संगठन र त्यसका संरचनाहरू श्री ३ प्राइमिनिस्टरको मातहतमा रहने गरी सुनिश्चित गरिएका हुन्थे । केन्द्रिय, जिल्ला स्तरीय एवं स्थानीय स्तरका सबै प्रशासनिक निकायहरूमा राणा परिवार तथा उनीहरूका नजिकका वफादार नातेदारहरूको एकाधिकार कायम रहने गर्दथ्यो । शक्तिको अत्यधिक केन्द्रिकरण र अधिकाधिक अधिकार प्रयोग गर्न राणा प्राइमिनिस्टर सधँै प्रयत्नशील रहने गर्दथे । राष्ट्रिय हितभन्दा पारिवारिक हित र समृद्धिमा देशको ढुकुटी दुरूपयोग भैरहेको थियो । राणाकालीन प्रशासनिक व्यवस्थामा मुलुकी बन्दोवस्त अड्डा वृहत क्षेत्राधिकार कायम रहेको निकै शक्तिशाली प्रशासनिक निकाय थियो । यसले वर्तमानको गृहमन्त्रालय जस्तै किसिमका आन्तरिक शान्ति सुरक्षादेखि देशको प्रशासनिक संयन्त्रलाई चुस्त दुरुस्त राख्न महत्त्वपूर्ण भूमिका खेल्दथ्यो । त्यतिमात्र नभएर मुलुकका आर्थिक क्षेत्रका विषयहरूलाई दृष्टिगत गरेर कार्य गर्ने जिम्मेवारी दिइएको थियो । चन्द्रशम्शेरको समयमा यो अड्डा अझ शक्तिशाली संरचना बन्न पुगेको थियो ।

Downloads

Download data is not yet available.
Abstract
73
pdf
22

Author Biography

Murari Krishana Gautam, Tribhuvan University

Department of History, Saraswati Multiple Campus

Downloads

Published

2024-03-20

How to Cite

Gautam, M. K. (2024). राणाकालमा मुलुकी बन्दोवस्त अड्डाको संक्षिप्त सिंहावलोकन. Historical Journal, 15(1), 70–75. https://doi.org/10.3126/hj.v15i1.63979

Issue

Section

Research Article