बुद्धका क्रान्तिकारी विचारहरू

Authors

  • Raj Bahadur Rana Lotus Academy

DOI:

https://doi.org/10.3126/hj.v15i1.63981

Keywords:

गाथा, नैतिकता, बुद्ध, शान्ति, समाज

Abstract

क्रान्ति शब्द ल्याटिन रेभोल्युशियोबाट व्युत्पन्न अंग्रेजी रेभोल्युशनको समानान्तर मानिने ‘अवस्थापलट’ अर्थसँग दाँजेर हेर्दा भगवान बुद्धको कैयौँ वचन र धर्म देशनाहरूमा समाजमा भएका विकृति तथा विसंगति विरुद्धको आवाज र सन्देश प्रवाह भएको पाइन्छ । बुद्धको जीवन संघर्षलाई हेर्दा पनि तत्कालिन समाज सुधारको निमित्त क्रान्तिको सुरुवात स्वयम् बाटै गरेको देखिन्छ । समाजमा महिलाप्रतिको हीन दृष्टिकोण, उच्च नीच, विभेद, अन्धविश्वास र अनैतिकताप्रति कडा संघर्ष गरेको पाइन्छ । उनले गाउँ, सहर, निगम र देश देशान्तरमा अशिक्षाबाट जगाउने काम गरे । अज्ञानताबाट ज्ञानतर्फ, अनैतिकताबाट नैतिकतातर्फ, अन्धो परम्पराबाट प्राकृतिक यथार्थतर्फ, दुःखबाट सुखतर्फ, विभेदबाट समानतातर्फ जगाउनु उनको जीवन संघर्ष नै रह्यो । आफ्नै जीवनकालमा कठोर प्रयास र अभ्यासबाट दुःख अन्त्यको सत्य ज्ञान बोध गरी बुद्धत्व प्राप्त गर्नु आफैँभित्रको ठूलो क्रान्ति मान्न सकिन्छ । जब उनी बुद्ध बने तब उनले साँच्चै सम्पूर्ण क्लेश रूपी दुःखमाथि विजय प्राप्त गरे । त्यही चारआर्यसत्यको ज्ञानमार्फत् समाजलाई जगाउने अभियान रूपी क्रान्तिको सुरुवात गरे । उक्त बुद्धको अभियान रूपी क्रान्तिमा समाज परिवर्तनका थुप्रै आयामहरू देख्न सकिन्छ । ती आयामहरूलाई समाज परिवर्तनको संवाहक मान्न सकिन्छ । सिङ्गो बुद्धको अभियान रूपी क्रान्ति शील विनयको जगमा आधारित छ । मानिसको चित्त शुद्ध नभएसम्म व्यक्तिमा साँचो परिवर्तन आउन सक्दैन । किनकी चित्तको क्लेशलाई दमन गर्नाले मानवमा भएको पशुत्व हट्न गइ असल चरित्रवान मानव बन्दछ । जसले कहिल्यै असामाजिक काम गर्दैन । यो शील विनय बिना कदाचित सम्भव छैन । शील विनय, ज्ञान, अभ्यास, आचरण आदिको माध्यमबाट समाजलाई सुधार गर्ने काम भएकोले उनको यो अभियान सामाजिक क्रान्तिको रूपमा अत्यन्तै महत्वपूर्ण छ ।

Downloads

Download data is not yet available.
Abstract
39
pdf
31

Downloads

Published

2024-03-20

How to Cite

Rana, R. B. (2024). बुद्धका क्रान्तिकारी विचारहरू. Historical Journal, 15(1), 88–95. https://doi.org/10.3126/hj.v15i1.63981

Issue

Section

Research Article