प्राचीन तथा मध्यकालीन नेपाल–तिब्बत–चीन सम्बन्ध

Authors

  • Vijay Prasad Misra Tribhuvan University

Keywords:

अभिलेख, कविला, त्रिपिटक, दूत, हाडखुड

Abstract

बुद्धको जन्मस्थल, हिमालपारी जाने सहज बाटोको उपलब्धता, विवाहवारी तथा नेपाली कला र संस्कृतिको प्रसारले गर्दा नेपालको तिब्बत र चीनसँगको किराँतकालदेखि मध्यकालसम्म एक आपसमा सम्बन्ध प्रगाढ रहेको पाइन्छ । बुद्धधर्मका अनुयायी भृकु्टी तिब्बत गएर गरेका योगदानहरूले नेपालको तिब्बतसँग धार्मिक, साँस्कृतिक, आर्थिक तथा परिवारिक सम्बन्धहरू प्रगाढ भएको पाइएको छ । त्यसैगरी नरेन्द्रदेवलाई नेपालको राजगद्धीमा स्थापित गर्न तिब्बतले शैन्य सहयोग गरेको तथा स्वयं नरेन्द्रदेवले हर्षबध्दर्नलाई कोशेली पुर्याउन गरेको चिनीयाँ टोलीको संरक्षणका लागि चीनको पक्षमा नेपाली सेना पठाएर गरेको सैनिक सहयोगका कारणले चीनसँगसमेत सौगात आदान प्रदान गर्ने प्रणाली बसाएर नेपालको सम्बन्ध चीनसम्म विस्तार गरी राजनीतिक, कूटनीतिक, व्यापारिक, धार्मिक र साँस्कृतिक सम्बन्धहरु स्थापित गर्न सफल भएका थिए । मध्यकालमा अरनिकोले चीनमा गएर आफ्नो कलाको प्रसार गरेकाले पनि नेपालको तिब्बत र चीनसँगको सम्बन्ध धर्म, संस्कृति र व्यापारको दृष्टिले महत्वपूर्ण रहेको थियो । मुद्राका कारण मध्यकालको अन्तिमतिर केही विवाद भए पनि समग्रमा तीनदेशबीचको आपसी सम्बन्धले नेपालले समेत आर्थिक, धार्मिक र राजनीतिक फाइदाहरु प्रशस्त लिन सकेको थियो । ऐतिहासक, गुणात्मक र वर्णनात्मक विधिहरू अपनाएर तिब्बत र चीनसँग नेपालको प्राचीन र मध्यकालको सम्बन्धको खोजविन गर्नु यस अनुसन्धानको उद्देश्य रहेको छ । आधुनिककालमा समेत प्राचीन तथा मध्यकालीन सम्बन्धले सकारात्मक असर परिरहेको छ ।

 

Abstract
183
pdf
0

Author Biography

Vijay Prasad Misra, Tribhuvan University

Associate Professor, Centre Department of History

Downloads

Published

2025-03-07

How to Cite

Misra, V. P. (2025). प्राचीन तथा मध्यकालीन नेपाल–तिब्बत–चीन सम्बन्ध. Historical Journal, 16(1), 168-183. https://doi.org/10.3126/hj.v16i1.76381

Issue

Section

Research Article

How to Cite

Misra, V. P. (2025). प्राचीन तथा मध्यकालीन नेपाल–तिब्बत–चीन सम्बन्ध. Historical Journal, 16(1), 168-183. https://doi.org/10.3126/hj.v16i1.76381