नेपाली भाषाशिक्षणमा त्रुटिविश्लेषणको सैद्धान्तिक अवधारणा, प्रक्रिया र पद्धति

Authors

  • Prakash Khatri Tribhuvan University

DOI:

https://doi.org/10.3126/iimrjbc.v3i1.81400

Keywords:

कठिनाई, निराकरणात्मक, ब्यतिरेकी, त्रुटि विश्लेषण, त्रुटि विश्लेषणको सिद्धान्त, सादृश्य, लक्ष्यभाषा

Abstract

यस लेखमा त्रुटि विश्लेषणको सैद्धान्तिक परिचय र प्रयोगबारे चर्चा गरिएको छ । वस्तुतः त्रुटि विश्लेषणको सैद्धान्तिक परिचय दिनु, भाषा शिक्षणमा त्रुटि विश्लेषणको आवश्यकता दर्साउनु र त्रुटि विश्लेषणका पद्धति र प्रक्रियाको व्याख्या गर्नु यस लेखका उद्देश्यहरू रहेका छन् । प्रस्तुत लेख तयारीका क्रममा गुणात्मक अध्ययन विधिको अवलम्बन गरिएको छ । यस क्रममा पुस्तकालयीय अध्ययन विधिको प्रयोग गरिएकोछ । भाषाशिक्षणका सन्दर्भमा त्रुटिविश्लेषणलाई भाषासिकाइ प्रक्रियाको अध्ययन गर्ने प्रमुख प्रायोगिक सिद्धान्तका रूपमा लिइन्छ । त्रुटिविश्लेषण प्रायोगिक भाष् ाविज्ञानको आधुनिक सिद्धान्तका रूपमा विकसित अवधारणा हो । यस लेखका लागि आवश्यक तथ्यहरू नेपाली, हिन्दी तथा अङ्ग्रेजी सैद्धान्तिक सामग्रीहरूको अध्ययनबाट प्राप्त गरिएको छ । त्यसरी प्राप्त तथ्यको प्रस्तुतिका लागि व्याख्यात्मक एवम् विश्लेषणात्मक विधिको उपयोग गरिएको छ । यस अध्ययनका आधारमा व्यतिरेकी विश्लेषण भाषा सिकाइका क्रममा देखापर्ने त्रुटिहरूको पहिचान, वर्णन तथा विश्लेषणसँग सम्बन्धित रहेको छ । भाषाशिक्षणमा त्रुटिको पहिचान गर्न, त्रुटिगत अनुमान परीक्षण गर्न, सिकारूलाई सिकाइप्रति प्रेरित गर्न, भाषाशिक्षणलाई प्रभावकारी बनाउन त्रुटि विश्लेषणको आवश्यकता पर्ने लगायतका निष्कर्ष निकालिएकोछ । पहिलो वा दोस्रो भाषा सिक्ने क्रममा विद्यार्थीहरूले गरेका त्रुटि र तिनका क्षेत्रहरूको पहिचान गरी सुधारका लागि सैद्धान्तिक बाटो देखाउने काम पनि यसमा गरिएको छ । प्रस्तुत लेख त्रुटि विश्लेषणका बारेमा जानकारी लिन चाहने शिक्षक विद्यार्थी जिज्ञासु एवम् सम्बन्धित सबैका लागि उपयोगी हुने अपेक्षा गरिएको छ । 

 

Downloads

Download data is not yet available.
Abstract
54
PDF
24

Downloads

Published

2025-07-18

How to Cite

Khatri, P. (2025). नेपाली भाषाशिक्षणमा त्रुटिविश्लेषणको सैद्धान्तिक अवधारणा, प्रक्रिया र पद्धति . Intellectual Inception: A Multidisciplinary Research Journal of Bhojpur Campus, 3(1), 42–55. https://doi.org/10.3126/iimrjbc.v3i1.81400

Issue

Section

Articles