भाषिक सिपगत दृष्टिले कक्षा एघारको वर्तमान अनिवार्य नेपाली पाठ्यपुस्तक
Keywords:
पाठ्यक्रम, पाठ्यपुस्तक, भाषिक सिप, विषयवस्तु, सम्पर्क भाषाAbstract
निश्चित तह वा कक्षाका लागि भाषा पाठ्यक्रमको मर्मअनुरूप भाषिक उद्देश्यका आधारमा भाषा पाठ्यपुस्तक तयार गरिएको हुन्छ । यो शिक्षक तथा विद्यार्थीका लागि मार्गनिर्देशन गर्ने साधन पनि हो । भाषा पाठ्यपुस्तकमा ज्ञानभन्दा बढी भाषिक सिपलाई जोड दिइन्छ । प्रस्तुत लेखको उद्देश्य भाषिक सिपगत दृष्टिले कक्षा एघारको वर्तमान अनिवार्य नेपाली पाठ्यपुस्तकको विश्लेषण गर्नु रहेको छ । भाषिक सिपगत दृष्टिले निर्दिष्ट पाठ्यक्रमका उद्देश्यहरू, पाठ्यवस्तु, क्षेत्र तथा वितरण, सिकाइ सहजीकरण प्रक्रिया र मूल्याङ्कनलाई के कसरी उययोग गरिएको छ भन्ने प्राज्ञिक जिज्ञासामा केन्द्रित रहेर गरिएको यस अध्ययनमा भाषिक सिपगत दृष्टिले कक्षा एघारको वर्तमान अनिवार्य नेपाली पाठ्यपुस्तकको विश्लेषण गर्नुलाई मुख्य समस्याका रूपमा लिइएको छ । गुणात्मक अनुसन्धान पद्धतिमा आधारित यस लेखमा उद्देश्यपूर्ण प्रतिनिधि नमुना छनोटका आधारमा रुपन्देही जिल्लाका पाँचओटा विद्यालयमा नेपाली अध्यापन गर्ने पाँचजना शिक्षक र पाँच पाँचजना विद्यार्थी नमुना छनोट गरी अर्धसंरचनात्मक प्रश्नावलीका आधारमा तथ्य सङ्कलन गरिएको छ । द्वितीयक स्रोतका रूपमा पुस्तकालयीय कार्यबाट सैद्धान्तिक सामग्री सङ्कलन गरी उक्त तथ्यको विश्लेषण गरिएको छ । यस अध्ययनमा भाषिक सिपगत दृष्टिले विद्यार्थीका तह, क्षमता, शैक्षिक तथा मनोवैज्ञानिक स्तरअनुसार समयसापेक्ष रूपमा विषययवस्तु छनोट तथा स्तरण गर्नुपर्ने निचोड निकालिएको छ ।