माध्यमिक तहका लिम्बू भाषी विद्यार्थीले नेपाली भाषा सिक्दा गर्ने व्याकरणगत त्रुटिको विश्लेषण

Authors

  • छत्र प्रसाद Chhatra Prasad रिमाल Rimal म्याङ्लुङ क्याम्पस, तेह्रथुम

Keywords:

भाषाभाषी, पाठ्यपुस्तक, लिम्बू, त्रुटि

Abstract

माध्यमिक तहमा अध्ययन गर्दा आफ्नो  भाषा बोलिने विद्यार्थीहरूको भाषागत त्रुटि सम्बन्धमा विश्लेषण गरी तयार पारिएको अध्ययन र अनुसन्धानले व्याकणगत हुने त्रुटिहरू पहिल्याउने कोसिस गरिएको छ ।  लिम्बू मातृभाषी विद्यार्थीहरूले स्तरीय नेपाली भाषाको प्रयोगमा गर्ने वर्ण विन्यासगत त्रुटिहरू, त्रुटिका प्रकारहरू तथा त्यसका कारणहरू के कस्ता छन् भनी पत्ता लगाउनु, गुणात्मक अनुसन्धान ढाँचामा आधारित रहेर यो अनुसन्धान सम्पन्न गरिएको थियो । अनुसन्धमनमा प्राथमिक र द्वितीय दुवै स्रोतहरूलाई प्रयोग गरिएकोछ । विद्यार्थीहरूको लिखित उत्तरपुस्तिका र विद्यार्थीहरूसँग प्रत्यक्ष अन्तर्वार्ता नै प्राथमिक तथ्यको आधार बनाईएको थियो । द्वितीय स्रोतको रूपमा विभिन्न सन्दर्भ समाग्रीहरूलाई क्रमवद्ध रूपमा अध्ययन गरिएको थियो । अनुसन्धानमा तथ्यहरूको व्याख्या विश्लेषणका लागि मूलतः वर्णनात्मक र विश्लेणणात्मक विधिहरूको उपयोग गरिएको थियो  । व्याख्या विश्लेषणको मूल आधार पाठ विश्लेषण पद्धतिलाई बनाईएको थियो  । आÇनो मातृभाषा भाषीहरूको अर्को भाषा प्रतिको अस्वीकृत रूप नै त्रुटिको मुख्य कारण हो । । त्रुटि भनेको सामान्य स्वीकृत भाषाको रूपबाट पर जानु वा विचलन हुनु नै हो । गल्ती कहिलेकाँही हुन्छ भने त्रुटि नियमित हुन्छ । नेपाली भाषा भारोपेली परिवारको भाषा हो भन्ने लिम्बू भाषा भोटबर्मेली परिवारको भाषा हो । पारिवारिक रूपमा भिन्न भएतापनि यी दुई भाषाका वक्ताहरू बिच सहकार्य युगौँयुग देखि हुँदै आएको छ । यी भाषाहरूका व्याकरणिक कोटिहरूमा  केही भिन्नता भए पनि केही समानता र केही असमानता रहेको पाईयो  । यस अनुसन्धानले स्नातक तहका विद्यार्थीको त्रुटि निराकरण गर्न माध्यमिक तहबाट नै विद्यार्थीको त्रुटि निराकरण गर्दै जानु उपयुक्त  हुने भएकाले  यो शोधकार्य भन्दा  फरक र लिम्बू भाषी विद्यार्थीले गर्ने विशिष्ट त्रुटिलाई विश्लेषण गरिने भएकाले पनि यो अनुसन्धान पृथक रहेको छ । लिम्बू भाषा बोल्ने विद्यार्थीहरूले नेपाली वर्णविन्यासमा गर्ने भाषागत त्रुटिहरूको कारण सहितको यो आलेख अध्ययन अनुसन्धान गरी तयार पारिएको हो । निम्न माध्यमिक स्तरका शिक्षक र विद्यार्थीहरूका लागि यो एक उपयोगी हुनसक्छ ।

Abstract
246
PDF
0

Author Biography

छत्र प्रसाद Chhatra Prasad रिमाल Rimal, म्याङ्लुङ क्याम्पस, तेह्रथुम

शिक्षण सहायक

Downloads

Published

2023-12-31

How to Cite

माध्यमिक तहका लिम्बू भाषी विद्यार्थीले नेपाली भाषा सिक्दा गर्ने व्याकरणगत त्रुटिको विश्लेषण. (2023). Intellectual Journal of Academic Research, 1(1), 7-16. https://doi.org/10.3126/ijar.v1i1.69951

Issue

Section

Research Articles

How to Cite

माध्यमिक तहका लिम्बू भाषी विद्यार्थीले नेपाली भाषा सिक्दा गर्ने व्याकरणगत त्रुटिको विश्लेषण. (2023). Intellectual Journal of Academic Research, 1(1), 7-16. https://doi.org/10.3126/ijar.v1i1.69951