नेपालको वित्तीय र लेखा रिपोर्टिङमा रूपान्तरणको आवश्यकता

Authors

DOI:

https://doi.org/10.3126/ijar.v3i1.83619

Keywords:

पर्यावरण, सुशासन, अन्तर्राष्ट्रिय अभ्यास, अन्तराष्ट्रिय वित्तीय प्रतिवेदन मापदण्ड,, कार्यान्वयन, निगमीय प्रतिवेदन, कृतिम बुद्धिमता

Abstract

नेपाल दिगो विकासको लक्ष्य हासिल गर्ने दिशामा निरन्तर अघि बढिरहेको छ । समावेशी र समृद समाज निर्माण गर्दै प्रविधिमा प्रतिस्पर्धात्मक बन्ने ऐतिहासिक मोडमा उभिएको छ । दिगो विकासका लक्ष्यहरू हासिल गर्न गरिबी र भोकमरी अन्त्य, शिक्षा र स्वास्थ्य सुधार, लैङ्गिक समानता, वातावरण संरक्षण, आर्थिक वृद्धि र न्यायसङ्गत समाज निर्माणमा प्रतिबद्धता जनाएको छ । यस्ता लक्ष्य हासिल गर्न तथ्यमा आधारित नीति निर्माणको अभ्यास अवलम्बन गर्नु आवश्यक छ । तथ्यमा आधारित नीति निर्माण भनेको नीति तयार गर्दा अनुमान वा अटकलमा निर्भर नभई, तथ्याङ्क, अनुसन्धान र वैज्ञानिक विश्लेषणलाई आधार बनाएर निर्णय गर्ने प्रक्रिया हो । नीति निर्माण तब मात्र प्रभावकारी र दिगो हुन्छ जब यसले तथ्य, अनुसन्धान र वैज्ञानिक विश्लेषणको आधारलाई समेट्दछ । हाल नेपाल सरकारले आर्थिक वृद्धि, डिजिटलीकरण, ऊर्जा सुरक्षाजस्ता क्षेत्रलाई प्राथमिकतामा राखेको छ । वैदेशिक लगानी आकर्षित गर्नु, कर प्रणालीमा सुधार गर्नु र नागरिकका लागि सार्वजनिक सेवामा पारदर्शिता सुनिश्चित गर्नु आजका मुख्य चुनौति रहेका छन् । साथै दिगो विकासका लक्ष्यहरू हासिल गर्न डिजिटलाइजेसनको प्रभावकारी प्रयोग अपरिहार्य छ, तर यसलाई पारम्परिक नीति, कानुनी संरचना र सामाजिक आवश्यकतासँग सन्तुलन मिलाएर अघि बढाउनु आवश्यक छ । यस सम्पादकीयले वर्तमान वित्तीय प्रतिवेदनको कमजोरी, डिजिटलाइजेसनको अवसर र चुनौती, तथा दिगो विकास लक्ष्य प्राप्तिका लागि आवश्यक रणनीति र सुधारका उपायहरूको मिहिन रूपमा विश्लेषण र समीक्षा गर्ने प्रयास गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
54
pdf (नेपाली)
14

Published

2025-09-01

How to Cite

Mishra, S. (2025). नेपालको वित्तीय र लेखा रिपोर्टिङमा रूपान्तरणको आवश्यकता. Intellectual Journal of Academic Research, 3(1), 1–9. https://doi.org/10.3126/ijar.v3i1.83619

Issue

Section

Editorial