कुञ्जिनी खण्डकाव्यको विधातात्विक विश्लेषण

Authors

Keywords:

एकोन्मुखता, आख्यानीकरण, परिवेश, कोषकाव्य, आख्यान

Abstract

प्रस्तुत लेख लक्ष्मीप्रसाद देवकोटाको कुञ्जिनी खण्डकाव्यको विधातात्विक अध्ययनमा केन्द्रित रहेको छ । यसमा खण्डकाव्यका आधारभूत संरचक वा उपकरणका रूपमा रहेका कथावस्तु, पात्रविधान, परिवेश, विषयवस्तु वा भावविधान, लयविधान र भाषाशैली जस्ता विधातत्वलाई मुख्य आधार बनाई विश्लेषण गरिएको छ । यस लेखमा देवकोटाको कुञ्जिनी खण्डकाव्यलाई प्राथमिक सामग्रीका रूपमा र त्यससँग सम्बन्धित अध्ययनलाई द्वितीयक सामग्रीका रूपमा लिइएको छ । प्रस्तुत काव्यको कथा झिल्टुङतिर प्रचलित लोककथामा आधारित रहेको छ । झिलटुङ गाउँ वरपरका गोरे र कुञ्जिनीको पारस्परिक आत्मिक प्रेमबाट प्रारम्भ गरेर ठालुसिंङले गरिब गोरेलाई पहिले छोरी नदिने भने पनि पछि कुञ्जिनीलाई कोल्पुनदीका भेलले बगाउन लाग्दा बचाएबापत उसको बहादुरीलाई इनामस्वरूप कुञ्जिनी दिने वचन दिए तापनि गोरे जर्मनको धावामा लडाइँ लड्न हिन्दुस्तानतर्फ गएपछि उसको बिहे अर्कै केटासित गरिदिन खोजेको छ । यसैबीच बजिरिस्तानमा पठानहरूसितको युद्धमा घाइते भएको गोरे अस्पतालमा कुञ्जिनीलाई सम्झँदै मरेको र यता बिहेका दिन कुञ्जिनीले त्रिसूलीमा हाम्फाली प्राण त्यागेको र अन्तमा ठालुसिंङ घोर पश्चातापमा परेको देखाइएको छ । संरचना र आख्यानपक्ष केही कमजोर भए पनि कवित्वचाहिँ तीव्रतर रहेको प्रस्तुत काव्य लय–वैविध्य र गीतिमयताका दृष्टिले चाहिँ अत्यन्त समृद्ध रहेको पाइएको छ । यसमा करुण रस अङ्गी रूपमा र शृङ्गार, वीर, हास्य प्रभृति रसहरू अङ्ग रसका रूपमा रहेका छन् । 

Abstract
29
pdf
16

Downloads

Published

2026-08-05

How to Cite

Joshi, M. (2026). कुञ्जिनी खण्डकाव्यको विधातात्विक विश्लेषण. Intellectual Journal of Academic Research, 4(1), 135–142. https://doi.org/10.3126/ijar.v4i1.98351

Issue

Section

Research Articles

How to Cite

Joshi, M. (2026). कुञ्जिनी खण्डकाव्यको विधातात्विक विश्लेषण. Intellectual Journal of Academic Research, 4(1), 135–142. https://doi.org/10.3126/ijar.v4i1.98351