नेपाली नारी नाटकमा प्रगतिवाद
DOI:
https://doi.org/10.3126/ijmss.v2i1.36762Keywords:
प्रगतिशील, सामन्ती तथा पूँजीवाद, श्रमशोषण, माक्र्सवादी वैचारिक चिन्तन, समतामूलक समाजAbstract
नेपालमा उत्पीडित श्रमजीवी शोषित वर्ग जुर्मुराउँदा निरङ्कुश राणाशासनको पतन भई २००७ सालमा प्रजातन्त्रको उदय भयो । तत्पश्चात् साहित्यका विविध विधामा प्रगतिवादी साहित्य लेखन आरम्भ भयो । नेपाली नाटकको क्षेत्रमा वासु पासाको किसान हो ! (२००८) पहिलो प्रगतिवादी नाटकको रूपमा देखा पर्दछ । नेपाली नाटकको आधुनिक कालखण्डमा आएर मात्र देखा परेको नारी नाट्यरचनामा पनि प्रगतिवादी चिन्तन देखिन्छ । प्रस्तुत लेखमा निगमनात्मक शोधविधिको उपयोग गरिएको छ । यसमा प्रगतिवादी चिन्तनका केही निश्चित उपकरणलाई लिएर केही प्रतिनिधि नारी नाटकमा पाइने प्रगतिवादी चेतनाको विश्लेषण गरिएको छ । यस क्रममा आवश्यकताअनुसार प्राथमिक र द्वितीयक स्रोतबाट सामग्री सङ्कलन गरिएको छ । सङ्कलित सामग्रीको व्याख्यात्मक र विवरणात्मक ढङ्गबाट व्यवस्थापन गरिएको छ । आरम्भिक चरणदेखि नेपाली नारी नाटकमा प्रगतिवाद देखिए तापनि पचासको दशकपछि प्रकाशित नारी नाटकमा प्रगतिवादको सचेत र सशक्त प्रकटीकरण देखिन्छ भन्ने नै प्रस्तुत लेखको निचोड हो ।