ध्वन्यात्मक अभिव्यञ्जनाका दृष्टिमा पागल कविता {Crazy poetry in terms of phonetic expressions}

Authors

  • यादवप्रसाद शर्मा

DOI:

https://doi.org/10.3126/ijmss.v3i2.50268

Keywords:

अभिधा, आत्मालाप, तिमी, म, व्यङ्ग्यार्थ, अगुवा, भगुवा, नटुवा

Abstract

महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचित ‘पागल’ कवितामा के कस्तो ध्वन्यात्मक अभिव्यञ्जना पाइन्छ तथा उक्त कवितामा अत्यन्ततिरस्कृत वाच्यध्वनि कसरी प्रयुक्त भएको छ भन्ने प्राज्ञिक समस्याको समाधानमा केन्द्रित ‘ध्वन्यात्मक अभिव्यञ्जनाका दृष्टिमा पागल कविता’ शीर्षकको प्रस्तुत अनुसन्धानात्मक लेखका निम्ति आवश्यक सामग्रीको सङ्कलन पुस्तकालयीय विधिका आधारमा गरिएको छ भने सामग्रीको विश्लेषण निमनात्मक पद्धतिका आधारमा गरिएको छ । ध्वनिसम्बन्धी सैद्धान्तिक आधार निर्माणका निम्ति क्रमशः आनन्दवर्धनको ध्वन्यालोक, अभिनव गुप्तको ध्वन्यालोकलोचन (ध्वन्यालोकको टीका), मम्मटको काव्यप्रकाश, विश्वनाथको साहित्यदर्पण र जगन्नाथको रसगङ्गाधर नामक ग्रन्थका ध्वनिसिद्धान्तसम्बन्धी स्थापनाहरूको अनुशीलन गरिएको छ र त्यही सैद्धान्तिक आधारमा‘पागल’ कविताको विश्लेषण गरिएको छ । ‘पागल’ कवितामा देवकोटाको मानवतावादी चेतनाका साथै व्यङ्ग्य–विद्रोहको चेतना कलात्मक रूपमा अभिव्यक्त भएको कुरा औँल्याइएको छ । यस कवितामा प्रयुक्त पदावलीमा कोमल तथा परुष दुवै किसिमका शब्दको चयन तथा समानान्तर संयोजन, सामान्यता तथा गहनताको द्वैधता एवं मानक र विचलनको खिंचातानी हास्यव्यङ्ग्यचेतका निम्ति सशक्त साधन बन्न पुगेको छ । कवितामा कतै सौन्दर्यप्रेम त कतै क्रान्ति चेतना, कतै मानवीय करुणामयता त कतै हास्यास्पद समसामयिक राजनैतिक नाटकीयताप्रति तीव्र व्यङ्ग्य प्रहार गरिएको पाइन्छ । यस सन्दर्भमा कहीं कुसुम झैं कोमल त कहीं वज्रझैं कठोर बिम्बप्रतीक तथा अलङ्कारहरूको समानान्तर वितरण तथा आयोजनाले पनि हास्यगर्भित व्यङ्ग्य– विद्रोहचेतनाको संयोजनमा प्रभावकारी भूमिका खेलेको र कतिपय ठाउँमा उपमानका रूपमा आएका पाश्चात्य एवं पूर्वीय मिथकीय सन्दर्भले पनि कलात्मक सौन्दर्यको सिर्जना गरेको निष्कर्ष दिइएको छ ।

Downloads

Download data is not yet available.
Abstract
17
PDF
13

Downloads

Published

2022-12-31

How to Cite

यादवप्रसाद शर्मा. (2022). ध्वन्यात्मक अभिव्यञ्जनाका दृष्टिमा पागल कविता {Crazy poetry in terms of phonetic expressions}. Interdisciplinary Journal of Management and Social Sciences, 3(2), 108–119. https://doi.org/10.3126/ijmss.v3i2.50268

Issue

Section

Articles