कार्यमूलक व्याकरण शिक्षण र व्याकरण शिक्षणका नविनतम् अबधारणा

Authors

  • महेश प्रसाद Mahesh prasad भट्ट Bhatta
  • कृष्ण प्रसाद Krishna Prasad पोखरेल Pokhrel

DOI:

https://doi.org/10.3126/irj.v1i1.52274

Keywords:

कार्यमूलक व्याकरण, साङ्कथनिक क्षमता, सम्प्रेषणमुखी अवधारणा, रचनामूखी अवधारणा, उत्तरवर्ती अवधारणा

Abstract

प्रस्तुत लेख कार्यमूलक व्याकरण र व्याकरण शिक्षणका नवीनतम् अवधारणासँग सम्बन्धित रहेको छ । यसमा कार्यमूलक व्याकरण र व्याकरण शिक्षण गर्दा उपयोग गर्न सकिने उत्तरवर्ती अवधारणासँग सम्बद्ध चिन्तनहरूको विश्लेषण गरिएको छ । साथै कार्यमूलक व्याकरण शिक्षणका क्रियाकलापबारे विश्लेषण गरिएको छ । प्रस्तुत लेखको उद्देश्य भाषा शिक्षणमा प्रतिपादित कार्यमूलक बैयाकरनिक अवधारणा, शिक्षण विधि, व्याकरण शिक्षणका क्रियाकलाप र व्याकरण शिक्षणका नवीनतम् अवधारणाको सिंहावलोकन गर्नु रहेको छ । यसमा गुणात्मक अनुसन्धान ढाँचाको प्रयोग गरिएको छ । यस अध्ययनमा उद्देश्यमूलक नमुना छनोट विधिको अवलम्वन गरिएको छ । यस लेखको तयारीका क्रममा द्वितीयक स्रोतीय सामग्रीको अनुप्रयोग गरिएको छ । व्याकरण शिक्षणमा देखा परेका विविध अवधारणामध्ये एकाधिक अवधारणाको एकीकृत प्रयोग गर्दा यसका अपेक्षा सहजै प्राप्त हुन सक्ने कुरालाई निष्कर्षमा उल्लेख गरिएको छ । प्रस्तुत लेखले निर्दिष्ट विषय क्षेत्रमा अध्ययन, अनुसन्धान गर्न चाहने तथा यस विषयमा सरोकार राख्नेहरूलाई अपेक्षित सहयोग पुर्याउने विश्वास गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
49
PDF
31

Downloads

Published

2023-02-15

How to Cite

भट्ट Bhatta म. प. M. prasad, & पोखरेल Pokhrel क. प. K. P. (2023). कार्यमूलक व्याकरण शिक्षण र व्याकरण शिक्षणका नविनतम् अबधारणा . Innovative Research Journal, 1(1), 190–199. https://doi.org/10.3126/irj.v1i1.52274

Issue

Section

Articles