विनिर्माणवादी दर्शन र भाषा शिक्षणको सम्बन्ध {The relation of constructivist philosophy and language teaching}
Keywords:
भाषाशिक्षण, ग्रामाटोलोजी, उत्तरसंरचनावाद, उत्तरआधुनिकतावाद,, विनिर्माणवाद, bhashashikshan, binirvanvadAbstract
प्रस्तुत लेखमा ज्याक डेरिडाको विनिर्माणवाद र भाषा शिक्षणमा विनिर्माणवादको सम्बन्धका बारेमा अध्ययन गरिएको छ । डेरिडाको विनिर्माणवादलाई उत्तर संरचनावादको विशिष्ट सिद्धान्त मानिन्छ । यो दार्शनिक क्षेत्रबाट साहित्यिक क्षेत्रमा प्रवेश गरेको अवधारणा हो । यो लेख तयार पार्नका निम्ति पुस्तकालय स्रोतको प्रयोग गरिएको छ । यसको अध्ययन विधि विश्लेषणात्मक तथा व्याख्यात्मक रहेको छ । कुनै विषय क्षेत्रलाई फेरि अर्को शिराबाट हेर्नु, सोच्नु तथा अध्ययन गर्नु नै विनिर्माणवाद हो । डेरिडाको विनिर्माणवाद र फरकपना भाषा तथा साहित्यका क्षेत्रमा बहूपयोगी सिद्ध हुनसक्ने देखिएको छ । नेपालको नीति निर्माण, कार्यान्वयन तथा भाषा शिक्षणमा विनिर्माणवादको आवश्यकता खड्कदो रहेको छ । ज्याक डेरिडाको विनिर्माणवाद त्यसको फरकपना र भाषा शिक्षणमा सम्बन्धका बारेमा जानकारी राख्न चाहनेलागि यो लेख महत्वपूर्ण सावित हुनेछ छ ।
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2023 ढाल बहादुर Dhal Bahadur थापा Thapa

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.