पढाइ सीप शिक्षणका सन्दर्भमा पठन संस्कृति {Reading culture in the context of teaching reading skills}

Authors

  • सुजन Sujan सोडारी Sodari सानोठिमी क्याम्पस, सानोठिमी भक्तपुर Sanothimi Campus, Sanothimi Bhaktapur

DOI:

https://doi.org/10.3126/irj.v1i1.52523

Keywords:

पठन बोध, पठन संस्कृति विकासका आधार, भाषिक सिप शिक्षण, पठन संस्कृति, pathanbodh, pathan sanskriti

Abstract

प्रस्तुत लेख पढाइ सीप शिक्षणका सन्दर्भमा पठन संस्कृतिसँग सम्बन्धित रहेको छ । यस लेखमा भाषिक सिप शिक्षणको परिचय, आवश्यकता, पढाइ सिप शिक्षणको सन्दर्भमा पठन संस्कृतिको फाइदा र विकासका आधारहरूको बारेमा चर्चा गर्नु यस लेखको प्रमुख उद्देश्य रहेको छ । यो अध्ययन गुणात्मक अनुसन्धानमा आधारित रहेको छ । यस लेखमा वर्णनात्मक र विश्लेषणात्मक विधिको उपयोग गरिएको छ । प्रस्तुत अध्ययनमा द्वितीय स्रोतको सामग्रीको प्रयोग गरिएको छ । पठन संस्कृतिको विकास गर्नका लागि बालबालिकाहरूमा पढ्ने बानीको विकास गर्नु जरुरी छ । विद्यार्थीहरूमा पठनरुचि बढ्दै जाने र त्यसले अन्तत: समग्र शिक्षण सिकाइमै सकारात्मक प्रभाव पार्ने सुनिश्चित हुनेहुनाले पठनमैत्री वातावरण सिर्जना गर्नुपर्छ । पठन संस्कृतिले मानिसलाई अध्ययनशील बनाउन सहयोग गर्छ । यसले विद्यार्थीको पढाइमा समेत सकारात्मक नतिजा ल्याउन सहयोग पुग्दछ । विद्यार्थीको ज्ञानको भण्डार फराकिलो हुनुको साथै उसमा अनुभव र परिपक्कता जस्ता सद्गुणको पनि विकास हुन्छ । विद्यार्थीमा सिर्जनशीलता र कल्पनाशीलताको प्रचुर विकास हुन्छ । नैतिक चरित्रवान व्यक्तित्व निर्माण गर्न पनि पठन संस्कृतिले कुनै न कुनै किसिमले सहयोग गरिरहेकै हुन्छ । घर, समाज र विद्यालयमा पठनमैत्रि वातावरण बनाउन विशेष जोड दिनु पर्दछ । अत: शिक्षक, विद्यालय परिवार र अभिभावकको पठन संस्कृतिको विकासमा ठूलो भूमिका रहेको हुन्छ । प्रस्तुत लेखबाट पठन संस्कृतिको बारेमा सैद्धान्तिक जानकारी लिन चाहने सम्बद्ध सरोकारवालाका लागि सहयोग पुग्ने विश्वास लिइएको छ l

Downloads

Download data is not yet available.
Abstract
28
PDF
29

Downloads

Published

2023-02-15

How to Cite

सोडारी Sodari स. S. (2023). पढाइ सीप शिक्षणका सन्दर्भमा पठन संस्कृति {Reading culture in the context of teaching reading skills}. Innovative Research Journal, 1(1), 224–233. https://doi.org/10.3126/irj.v1i1.52523

Issue

Section

Articles