बालसाहित्यको सैद्धान्तिक पर्यावलोकन {A Theoretical Overview of Children's Literature}

Authors

  • केशव Keshav भुसाल Bhusal नेपाली शिक्षा विभाग, शिक्षाशास्त्र केन्द्रीय विभाग त्रि. वि. कीर्तिपुर

Keywords:

बालसाहित्यका तत्व, साहित्य, बालसाहित्य, बालसाहित्यिक परम्परा, बालसाहित्यका प्रकार

Abstract

प्रस्तुत लेख बालसाहित्यको अध्ययनमा आधारित रहेको छ । यस लेखमा बालसाहित्यको सैद्धान्तिक पर्यावलोकन गरिएको छ । बालसाहित्यको परिचय दिनु, बालसाहित्यको परम्परा पहिल्याउनु, बालसाहित्यका प्रकार प्रस्तुत गर्नु र बालसाहित्यका तत्वबारे चर्चा गर्नु प्रस्तुत अध्ययनका मूलभूत उद्देश्य रहेका छन् । यो अध्ययन मूलत: गुणात्मक अनुसन्धानमा आधारित रहेको छ । यस अध्ययनमा वर्णनात्मक तथा विश्लेषणात्मक पद्धतिको अनुप्रयोग गरिएको छ । यसमा आवश्यक सामग्रीहरुको सङ्कलन पुस्तकालयीय अध्ययनकाका माध्यमबाट गरिएको छ । प्रस्तुत अध्ययनमा द्वितीयक स्रोतका सामग्रीहरुको प्रयोग गरिएको छ । यस क्रममा मुख्यत: नेपाली र अङ्ग्रेजी सैद्धान्तिक सामग्रीहरूको उपयोग गरिएको छ । यस अध्ययनबाट बालसाहित्य बालबालिकाका लागि लेखिएको साहित्यका रूपमा रहेको, यो प्रौढ साहित्यभन्दा भिन्न  एबम पृथक रहेको, यसको परम्परा पूर्वीय र पाश्चात्य रूपमा भिन्न भिन्न रहेको भए पनि सुदीर्घ रहेको, यस अन्तर्गत बाल कविता, बाल कथा, बाल जीवनी, बाल एकाङ्की, बाल उपन्यास, अनूदित बालसाहित्य जस्ता अनेकन भेद रहेका, यसमा विषयवस्तु, परिवेश, भाषाशैली, उद्देश्य साझा तत्वा अवयवका रूपमा रहेका लगायतका निष्कर्ष निकालिएको छ । प्रस्तुत अध्ययन बालसाहित्यका बारेमा सैद्धान्तिक जानकारी लिन चाहने जोकोहीका लागि पनि उपयोगी हुने विश्वास लिइएको छ ।

Abstract
195
PDF
1

Downloads

Published

2023-02-15

How to Cite

भुसाल Bhusal क. K. (2023). बालसाहित्यको सैद्धान्तिक पर्यावलोकन {A Theoretical Overview of Children’s Literature}. Innovative Research Journal, 1(1), 234-242. https://doi.org/10.3126/irj.v1i1.52524

Issue

Section

Articles

How to Cite

भुसाल Bhusal क. K. (2023). बालसाहित्यको सैद्धान्तिक पर्यावलोकन {A Theoretical Overview of Children’s Literature}. Innovative Research Journal, 1(1), 234-242. https://doi.org/10.3126/irj.v1i1.52524