परीक्षण प्रक्रियामा सेमेस्टरको मूल्य तथा नतिजा प्रकाशनको समय

Authors

  • राजेन्द्र Rajendra खनाल Khanal शिक्षाशास्त्र केन्द्रीय विभाग, त्रिवि, कीर्तिपुर
  • सिद्धिबहादुर Siddhi Bahadur महर्जन Maharjan शिक्षाशास्त्र केन्द्रीय विभाग, त्रिवि, कीर्तिपुर

Keywords:

सेमेस्टर, परीक्षण, परीक्षण प्रक्रिया, नतिजा प्रकाशन, सेमेस्टरको मूल्य ।

Abstract

प्रस्तुत लेख त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय स्नातकोत्तर तहको सेमेस्टर प्रणालीमा आधारित परीक्षण प्रक्रियामा अन्तर्निहित सेमेस्टरको मूल्य एवम् परीक्षाको नतिजा प्रकाशनको समयका बारेमा सम्बद्ध शिक्षक तथा शिक्षार्थीको दृष्टिकोणमा आधारित भई तयार गरिएको छ । क्षेत्रीय सर्वेक्षण विधिमा आधारित भई मतावलीलाई तथ्य सङ्कलनको साधन बनाइएको छ । यस अध्ययनमा यादृच्छिक नमुना छनोट प्रक्रिया अवलम्बन गरी सम्पन्न भएको छ । यसमा शिक्षाशास्त्र, स्नातकोत्तर तहमा अध्ययनरत १२० जना शिक्षार्थी तथा उक्त तहमा अध्यापनरत ४० जना शिक्षकलाई नमुनाका रूपमा रहेका छन् । उक्त नमुनाका आधारमा परीक्षण प्रक्रियामा सेमेस्टरको मूल्य कायम हुन नसकेको र नतिजा प्रकाशन अपेक्षित समयमा हुन नसकेको देखिन्छ । परीक्षणमा सेमेस्टरको मूल्य कायम भएको छ भन्ने विषयमा शिक्षक तथा शिक्षार्थीको समष्टिमा ३८.७५ प्रतिशत सकारात्मक, ६.९ प्रतिशत तटस्थ तथा ५४.३५ प्रतिशत नकारात्मक प्रतिक्रिया प्राप्त भएको छ । यस आकडाले परीक्षण प्रक्रियालाई सेमेस्टरको मूल्य एवम् मान्यताअनुसार सञ्चालन गर्न नसकिएको पुष्टि गर्छ । शिक्षक तथा शिक्षार्थीको तुलनात्मक तथ्य हेर्दा ३२.५ प्रतिशत शिक्षक र ४०.८२ प्रतिशत शिक्षार्थी मात्र सकारात्मक देखिन्छन् । यसरी शिक्षक तथा शिक्षार्थी दुवै वर्गले नै परीक्षण प्रक्रिया र सेमेस्टरको मर्मबिच तालमेल कायम हुन नसकेको अनुभव गरेको प्रस्ट हुन्छ । परीक्षाको नतिजा प्रकाशनको समयका बारेमा प्राप्त मत समष्टिमा ८.१५ प्रतिशत मात्र सकारात्मक देखिन्छ । ७.५ प्रतिशत तटस्थ तथा ८४.३५ प्रतिशत नकारात्मक गरी जम्मा ९१.८५ प्रतिशत उत्तरदाताबाट अपेक्षित समयमा नतिजा प्रकाशन भएको नजनाइनुले सम्बन्धित पक्ष निर्दिष्ट कार्यसम्पादनमा निकै कमजोर रहेको प्रमाणित गर्छ । शिक्षक तथा शिक्षार्थीको तुलनात्मक तथ्य हेर्दा ९.१६ प्रतिशत शिक्षार्थी र ५ प्रतिशत शिक्षक मात्र सकारात्मक रहेको हुनाले पनि उक्त कुराको पुष्टि गर्छ । यस अनुसन्धानमा प्राप्त प्रतिक्रिया हेर्दा सेमेस्टरको परीक्षण प्रक्रिया समेस्टरको मूल्य तथा मान्यतालाई अङ्गीकार गर्न नसकेको र नतिजा प्रकाशन अत्यन्त ढिलो हुने गरेको देखिन्छ । यसबाट सेमेस्टरको मर्म तथा मान्यताबमोजिम कार्यसम्पादन गर्नका लागि तत्सम्बन्धी सम्बद्ध पक्ष सचेत बन्नुपर्ने देखिन्छ ।

Abstract
213
PDF
0

Downloads

Published

2023-07-06

How to Cite

खनाल Khanal र. R., & महर्जन Maharjan स. S. B. (2023). परीक्षण प्रक्रियामा सेमेस्टरको मूल्य तथा नतिजा प्रकाशनको समय. Innovative Research Journal, 2(2), 14-23. https://doi.org/10.3126/irj.v2i2.56150

Issue

Section

Articles

How to Cite

खनाल Khanal र. R., & महर्जन Maharjan स. S. B. (2023). परीक्षण प्रक्रियामा सेमेस्टरको मूल्य तथा नतिजा प्रकाशनको समय. Innovative Research Journal, 2(2), 14-23. https://doi.org/10.3126/irj.v2i2.56150