भाषा शिक्षणमा निरन्तर विद्यार्थी मूल्याङ्कनप्रति सरोकारवालाको धारणा

Authors

  • सुजन Sujan सोडारी Sodari सानोठिमी क्याम्पस, सानोठिमी भक्तपूर

Keywords:

आधारभूत तह, विद्यार्थी मूल्याङ्कन, सरोकारवाला, भाषा शिक्षण

Abstract

प्रस्तुत आलेख भाषा शिक्षणमा निरन्तर विद्यार्थी मूल्याङ्कनप्रति सरोकारवालाको धारणासँग सम्बन्धित रहेको छ । भाषा शिक्षणमा निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणालीको कार्यान्वयनमा देखिएका समस्याहरूको पहिचान गर्नु र यस विषयप्रति सरोकारवालाहरूको प्रतिक्रिया निरूपण गर्नु मुख्य उद्देश्य रहेको छ । यस लेखको तयारीका क्रममा परिमाणात्मक अनुसन्धान ढाँचाको अनुप्रयोग गरिएको छ । यस अध्ययन गर्दा प्राथमिक र द्वितीय स्रोतबाट सामग्री सङ्कलन गरिएको छ । भक्तपुर जिल्लाका शिक्षकहरू, प्र.अ.हरू, विद्यार्थीहरू, अभिभावकहरू, विषय विज्ञलाई यस अध्ययनको जनसङ्ख्याको रूपमा प्रस्तुत गरिएको छ भने उत्तरदाताको रूपमा प्रतिनिधि नमुना छनोटमा परेका विषय विज्ञ, प्र.अ., शिक्षक, विद्यार्थी, अभिभावक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गरी जम्मा १५ जना रहेका छन् । शिक्षकले कार्यसञ्चिका फाइलमा रेकर्ड राख्न अल्छी गर्ने, विद्यार्थी नियमित रूपमा कक्षामा नआउने, उमेरको भिन्नता, कार्यसञ्चिका फाइलको अभाव, विद्यार्थीको चाप, बौद्धिक रूपमा कमजोर भएका विद्यार्थी पढाइमा ध्यान नदिने, शैक्षिक सामग्रीको अभाव, शिक्षक तालिमको अभाव आदि कारणले निरन्तर मूल्याङ्कन प्रणालीमा असर गरेको छ यसका लागि निजी विद्यालयका शिक्षकहरूलाई तालिमको व्यवस्था गर्ने, शिक्षकहरूले निरन्तर विद्यार्थी मूल्याङ्कनको कार्यान्वयन कक्षामा गरेका छन् वा छैनन् भनेर जानकारी हासिल गर्न समयसमयमा विद्यालय निरिक्षण गर्नुपर्ने विचारहरू व्यक्त गरिएका छन् । शिक्षकले मात्र यस प्रणालीलाई प्रभावकारी रूपमा लागू गर्न नसक्ने हुनाले यस क्षत्रमा काम गर्ने सम्पूर्ण सरोकार– वालाहरूले मिलेर काम गरी समस्याको उचित समाधान गर्नतर्फ लाग्नुपर्छ भन्ने निष्कर्ष रहेको छ ।

Abstract
204
PDF
0

Downloads

Published

2023-07-06

How to Cite

सोडारी Sodari स. S. (2023). भाषा शिक्षणमा निरन्तर विद्यार्थी मूल्याङ्कनप्रति सरोकारवालाको धारणा. Innovative Research Journal, 2(2), 24-34. https://doi.org/10.3126/irj.v2i2.56151

Issue

Section

Articles

How to Cite

सोडारी Sodari स. S. (2023). भाषा शिक्षणमा निरन्तर विद्यार्थी मूल्याङ्कनप्रति सरोकारवालाको धारणा. Innovative Research Journal, 2(2), 24-34. https://doi.org/10.3126/irj.v2i2.56151