विकासमा उत्तरआधुनिकतावादः अवधारणा, बुझाई र बहस

Authors

  • भवदत्त Bhawadatta सापकोटा Sapkota पाटन संयुक्त क्याम्पस, ललितपुर

DOI:

https://doi.org/10.3126/irj.v2i2.56152

Keywords:

विकास, आधुनिकता, उत्तरआधुनिकता, वहुलवाद, बहस, समालोचना

Abstract

यो लेखको उद्देश्य उत्तरआधुनिकतावादले समाजमा जन्माएको प्राज्ञिक कौतुहलतामा आधारित रहेर विकासमा उत्तरआधुनिकतावादको हेराई, बुझाई र बहसलाई समालोचना गर्नु हो । यो लेख मुलतः द्धितिय स्रोतहरुको प्रयोगमा आधारित छ । यस अन्तर्गत विभिन्न समालोचकहरु, लेखकहरु, साहित्यकारहरु र अनुसन्धाताहरुको वौद्धिक प्रयासद्धारा प्रकाशित लेख, रचना, पुस्तक, टिप्पोणी, शोध र प्रतिवेदनहरुलाई मुख्य स्रोतको रुपमा लिइएको छ । आधुनिकतापछिको बहस उत्तरआधुनिकता हो । आधुनिकतामा वस्तुगत यर्थाथ हुन्छ जबकि उत्तरआधुनिकतामा अनेकता । विगतमा स्थापित विकासका कतिपय असल मान्यता र सिद्धान्तहरू वर्तमान र भविष्यका लागि मार्गर्दशक स्रोतको रूपमा प्रयोग हुनुपर्ने हो तर उत्तरआधुनिकतावादले सँधै इतिहासको उपेक्षा गर्दै आएको छ । कुनै वस्तु, घटना, परिस्थिती आदिलाई वहुआयामिक दृष्टिकोणबाट हेरिन्छ, उत्तरआधुनिकतामा । सत्य वा यर्थाथ व्यक्तिको धारणा र दृष्टिकोण अनुसार फरक–फरक हुन्छ । वर्तमान समय कुनै एक व्यक्ति, सम्प्रदाय, धर्म, जाति, भाषा, संस्कृति र देशको नभई बहुलवाद र विवेकवादको हो । कसैको प्रभुत्वले सांसार चल्दैन । सबैको साझा संकलल्प, सहकार्य र प्रभुत्वले चल्दछ । विकास साझेदारी र सहकार्यको प्रतिफल हो । हरेक चिज सापेक्षिक हुन्छ नकि निरपेक्ष । आधुनिकताप्रतिको मोहभङ्ग नै उत्तरआधुनिकताको प्रवेश विन्दु हो । ज्ञान नै शक्तिको स्रोत हो । ज्ञानका विभिन्न स्वरुपहरु हुन्छन् । मृत्यु निरपेक्ष र शास्वत सत्य हो । यर्थाथ निर्मित र सान्र्दभिक हुन्छ । समाज पिच्छे मानिसका इच्छा, आकांक्षा, चाहान, सबाल, मुद्दा फरक–फर हुन्छन् । इच्छाशक्ति विकासको ऊर्जा हो । उत्तरआधुनिकतावादको लम्बाइ, चौडाइ र गहिराइ अनन्त छ । यो वादअनुसार भूत, वर्तमान र भविष्यबीचको भिन्नता छुट्याउने कुनै त्यस्तो लक्ष्मण रेखा छैन । बहुसंस्कृतिको वर्चस्व हाबी हुन्छ । विचार, विमर्श, चिन्तन, दर्शन, कला, साहित्य, भाषा, जीवनपद्धति, संस्कृति, चाडपर्व, उपभोग संस्कृति, राजनीति, शिक्षा, विकासका नीति, अभ्यास, आयाम आदि सबै ठिमाहा हुन् । यो बहसले जति नै चर्चा पाए पनि अन्तत आलोचनाबाट मुक्त रहन सकेन । यो वादले कुनै वैकल्पिक समाधानको मार्ग दिन सकेन । विरोधाभाषपूर्ण अवस्थाको भ्रम जन्मायो । यो आलेखमा पूर्णतया पेशागत मर्यादा नैतिकता कायम गरिएको छ । यद्यपि यो लेख विगतमा प्रकाशित विभिन्न लेखहरुको व्यवस्थित पुनरावलोकनगरी तयार पारिएको हो ।

Downloads

Download data is not yet available.
Abstract
24
PDF
122

Downloads

Published

2023-07-06

How to Cite

सापकोटा Sapkota भ. B. (2023). विकासमा उत्तरआधुनिकतावादः अवधारणा, बुझाई र बहस. Innovative Research Journal, 2(2), 35–42. https://doi.org/10.3126/irj.v2i2.56152

Issue

Section

Articles