संवाद विश्लेषणमा उक्ति अतिक्रमण Maxim Voilation in Conversational Analysis

Authors

  • महेश प्रसाद Mahesh Prasad भट्ट Bhatt

DOI:

https://doi.org/10.3126/irj.v2i2.56153

Keywords:

प्रकरणार्थ विज्ञान, सहयोगात्मक सिद्धान्त, उक्ति अतिक्रमण, अन्तरोक्ति ।

Abstract

प्रस्तुत आलेखमा संवादात्मक अभिव्यक्तिमा भाषिक उक्ति अतिक्रमणको सैद्धान्तिक अवधारणा अनुरेखाङ्कन गरिएको छ । यसमा संवादात्मक उक्ति अतिक्रमणलाई सोदाहरण चर्चा गरिएको छ । यस आलेखको तयारीका क्रममा गुणात्मक अध्ययन ढाँचाको अनुप्रयोग गरिएको छ । यसमा सामग्रीको विवेचनका लागि वर्णनात्मक तथा विश्लेषणात्मक विधिको प्रयोग गरिएको छ । प्रस्तुत अध्ययनबाट भाषा प्रयोक्ताले ग्राइसियन उक्ति प्रयोगमा प्रभावकारिता ल्याउँदा सहभागीहरूबिच अन्तरक्रिया सफल हुने; शाब्दिक वा अशाब्दिक सबै प्रकारका भाषिक सञ्चारमा यी उक्तिहरू प्रयोग नहुन सक्ने; उक्ति प्रयोगको न्यूनता र आधिक्यताले उक्ति अतिक्रमणको स्थिति देखापर्ने; संवादात्मक उक्तिअन्तर्गत निहित उपउक्तिहरूका मान्यता विपरीत भाषिक प्रयोग हुँदा उक्ति अतिक्रमणको स्थिति देखिने; उक्ति अतिक्रमण अन्तरक्रियाको कमजोरी नभएर परिस्थितिजनति देखापर्ने तथा उक्ति अतिक्रमण अन्तरोक्ति निर्माण र अध्ययनका आधारहरू बन्ने जस्ता निष्कर्ष निकालिएको छ । यससँग सम्बन्धित विभिन्न विद्वान्का परिभाषा र यसको विकास र सीमालाई यसमा प्रस्तुत गरिएको छैन । त्यसैगरी निकैै अर्मूत मानिने अन्तरोक्तिको परिचय, विकास र प्रकारलाई चर्चा गरिएको छैन । यसबाट संवाद विश्लेषणमा रुचि राख्ने सरोकारवाला सवैलाई अपेक्षित सहयोग पुग्ने विश्वास अध्येताका तर्फबाट लिइएको छ ।

Downloads

Download data is not yet available.
Abstract
47
PDF
35

Downloads

Published

2023-07-06

How to Cite

भट्ट Bhatt म. प. M. P. (2023). संवाद विश्लेषणमा उक्ति अतिक्रमण Maxim Voilation in Conversational Analysis. Innovative Research Journal, 2(2), 43–51. https://doi.org/10.3126/irj.v2i2.56153

Issue

Section

Articles