हायू जाति र भाषा अध्ययनको सिंहावलोकन

Authors

  • ढालबहादुर Dhal Bahadur थापा Thapa

DOI:

https://doi.org/10.3126/irj.v2i2.56154

Keywords:

हायूजाति, लोपोन्मुख, सङ्कटापन्न भाषा

Abstract

हायू जाति, तिनको भाषा, धर्म–संस्कृति, रीतिरिवाज र परम्पराका बारेमा हालसम्म के कस्ता र के कति अध्ययनहरु भएका होलान् भन्ने कुरा जान्ने उत्सुकता जो कोहीलाई पनि हुन सक्छ । त्यसैले यस लेखमा हायू जाति, तिनको भाषा, धर्म–संस्कृति, रीतिरिवाज र परम्पराका बारेमा हालसम्म भएका अध्ययन अनुसन्धानहरुको विवरण प्रस्तुत गर्ने जमर्को गरिएको छ । ‘हायू’ शब्दको पहिलो प्रयोग पृथ्वीनारायण शाहले वि. सं. १८२७ मा गरेको पाइन्छ भने हायू जातिका बारेमा अध्ययन गर्ने पहिलो विदेशी विद्धान् कर्नेल कर्कपेट्रिक (सन् १८११) हुन् । हायू व्याकरणका बारेमा चर्चागर्ने प्रथम व्यक्ति हड्सन हुन् भने हायू व्याकरणको विस्तृत र आधिकारिक अध्ययन गर्ने प्रथम व्यक्ति ब्वायड माइकोलोब्स्की हुन् । वि.सं. २०६८ को जनगणनाअनुसार नेपाल राज्यमा हायू जातिको सङ्ख्या १५२० र हायू भाषाका वक्ताहरूको सङ्ख्या १४३० रहेको देखिन्छ । लोपोन्मुख सूचीमा रहेका नेपालका मुख्य १० भाषाहरुमध्ये हायू भाषा छैटौँ श्रेणीमा पर्दछ । रामेछाप जिल्लाको साविकको मुडाजोर गाउँ विकास समितिको मुडाजोरमा बोलिने भोट–चीनियाँ परिवारको हायू भाषा नाजुक किसिमले सङ्कटापन्न अवस्थामा रहेको छ । प्रस्तुत अध्ययन मूलतः द्धितीयक स्रोतमा आधारित छ । विभिन्न पुस्तक, लेख रचनामा उल्लेख भएका अध्ययन सामग्रीहरुका आधारमा यसको अध्ययन गरिएको छ । हायू जाति, तिनको भाषा, धर्म संस्कृति, रीतिरिवाज र परम्पराको बारेमा हालसम्म भएका अध्ययन अनुसन्धानहरुको फेहरिस्तका बारेमा जान्न चाहने अनुसन्धानकर्ताहरुका निम्ति यो लेख उपयोगी सिद्ध हुन सक्छ भन्ने ठहर गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
41
PDF
79

Downloads

Published

2023-07-06

How to Cite

थापा Thapa ढ. D. B. (2023). हायू जाति र भाषा अध्ययनको सिंहावलोकन. Innovative Research Journal, 2(2), 52–57. https://doi.org/10.3126/irj.v2i2.56154

Issue

Section

Articles