बहुस्वरूपात्मक र आलोचनात्मक सङ्कथन विश्लेषण

Authors

  • केशव Keshab भुसाल Bhusal नेपाली शिक्षा विभाग, शिक्षाशास्त्र केन्द्रीय विभाग त्रि. वि. कीर्तिपुर

DOI:

https://doi.org/10.3126/irj.v2i2.56260

Abstract

प्रस्तुत लेख प्रायोगिक भाषाविज्ञानको एक महत्वपूर्ण क्षेत्र सङ्कथन विश्लेषणअन्तर्गत पर्ने बहुस्वरूपात्मक सङ्कथन विश्लेषण र आलोचनात्मक सङ्कथन विश्लेषणमा आधारित रहेको छ । यसअन्तर्गत बहुस्वरूपात्मक सङ्कथन विश्लेषण र आलोचनात्मक सङ्कथन विश्लेषणको प्रकृति, यीअन्तर्गतका विविध सैद्धान्तिक सन्दर्भहरूको अध्ययन गरिएको छ । यस लेखमा पाश्चात्य भाषावैज्ञानिकहरूद्वारा प्रस्तुत बहुस्वरूपात्मक र आलोचनात्मक सङ्कथन विश्लेषणसम्बन्धी सैद्धान्तिक अवधारणाहरूको सूक्ष्म समीक्षण गरिएको छ । जसका आधारमा बहुस्वरूपात्मक सङ्कथनमा कथ्य र लेख्य भाषाका अतिरिक्त त्यसअन्तर्गत समाविष्ट हुने हाउभाउ, चित्र वा तस्बिरको प्रयोग आदिको पनि अध्ययन गरिने तथा आलोचनात्मक सङ्कथन विश्लेषणमा सामाजिक, सांस्कृतिक वा राजनैतिक सन्दर्भमा व्यक्त सङ्कथनमा निहित शक्ति र त्यसको प्रभाव विवेचन गरिने निकालिएको छ । प्रस्तुत अध्ययनमा गुणात्मक अनुसन्धान विधिको अवलम्बन गरिएको छ । यस अध्ययनबाट बहुस्वरूपात्मक तथा आलोचनात्मक सङ्कथनको प्रकृति र तिनको प्रयोग–व्यवहारबारे जानकारी प्राप्त गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
35
PDF
55

Downloads

Published

2023-07-06

How to Cite

भुसाल Bhusal क. K. (2023). बहुस्वरूपात्मक र आलोचनात्मक सङ्कथन विश्लेषण. Innovative Research Journal, 2(2), 178–183. https://doi.org/10.3126/irj.v2i2.56260

Issue

Section

Articles