एटलान्टिक स्ट्रिट उपन्यासमा विचलन

Authors

  • केशव Keshab भुसाल Bhusal नेपाली शिक्षा विभाग, शिक्षाशास्त्र केन्द्रीय विभाग, कीर्तिपुर

DOI:

https://doi.org/10.3126/irj.v3i2.61810

Keywords:

एटलान्टिक स्ट्रिट, शैलीविज्ञान, अग्रभूमि निर्माण, विचलन

Abstract

एटलान्टिक स्ट्रिट उपन्यासको अध्ययनमा आधारित रहेको छ । यस लेखमा साहित्यकार जनार्दन पुडासैनी ‘राजव’ द्वारा लिखत एटलान्टिक स्ट्रिट उपन्यासलाई शैलीवैज्ञानिक दृष्टिले अध्ययन विश्लेषण गरिएको छ । यसको मुख्य उद्देश्य एटलान्टिक स्ट्रिट उपन्यासमा व्यवहृत विचलनको अध्ययन गर्नु रहेको छ भने यसका अन्य उद्देश्यहरूमा उक्त उपन्यासमा निहित प्राथमिक–द्वितीयक र तृतीयक विचलनको अन्वेषण गर्नु, आन्तरिक र बाह्य विचलन पत्ता लगाउनु, ध्वनितात्विक, कोशीय, व्याकरणिक, अर्थतात्विक, भाषिकागत, लेखप्रक्रियात्मक, प्रयुक्ति, सान्निध्य, सङ्कथन र ऐतिहासिक समयको विचलनका दृष्टिले उपन्यासको समीक्षण गर्नु रहेका छन् । यस लेखमा निर्दिष्ट उपन्यासमा प्रयुक्त विचलनको अध्ययन विश्लेषणार्थ स्वदेशी तथा विदेशी विद्वान्हरूद्वारा प्रस्तुत विचलनसम्बन्धी सैद्धान्तिक अवधारणाको अनुप्रयोग गरिएको छ । यस क्रममा लिच (सन् २०१३), वेल्स (सन् २००१), ग्रिगोरिउ (सन् २०१४), बर्क एन्ड इभर्स (सन् २०१४) लगायतका भाषावैज्ञानिकहरूका दृष्टिकोणको अधिकाधिक उपयोग गरिएको छ । प्रस्तुत लेख गुणात्मक अध्ययन विधिमा आधारित रही तयार पारिएको छ । यसमा एटलान्टिक स्ट्रिट उपन्यासमा ११ प्रकारका विचलनको प्रयोग गरिएको, चार प्रकारका विचलनको प्रयोग नगरिएको, उपन्यासमा व्यवहृत विचलनका मााध्यमबाट औपन्यासिक सौन्दर्य अभिवृद्धिमा सहयोग पुगेको लगायतका निष्कर्ष प्रस्तुत गरिएको छ । यसबाट एटलान्टिक स्ट्रिट उपन्यासमा निहित विचलनबारे जानकारी अधिगत गर्न सघाउ पुग्ने अपेक्षा गरिएको छ । साथै शैलीविज्ञानका क्षेत्रमा क्रियाशील एवम् रुचिकर सबैलाई यो उपयोगी हुने ठानिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
29
PDF
14

Downloads

Published

2023-12-31

How to Cite

भुसाल Bhusal क. K. (2023). एटलान्टिक स्ट्रिट उपन्यासमा विचलन. Innovative Research Journal, 3(2), 114–124. https://doi.org/10.3126/irj.v3i2.61810

Issue

Section

Articles