पाठ्यक्रम अनुरूपताका आधारमा कक्षा नौको नेपाली भाषापाठ्यपुस्तकको विश्लेषण
Keywords:
भाषापाठ्यपुस्तक, तहगत सक्षमता, कक्षागत सिकाइ उपलब्धि, विधाको क्षेत्र, क्रम र विस्तृतीकरण, सिकाइ सहजीकरण प्रक्रियाAbstract
प्रस्तुत लेख कक्षा नौको नेपाली भाषापाठ्यपुस्तकको अध्ययन विश्लेषणसँग सम्बन्धित रहेको छ । यसमा परिवर्तित पाठ्यक्रम २०७८ का आधारमा तयार पारिएको माध्यमिक तहअन्तर्गत कक्षा नौको भाषापाठ्यपुस्तक वि.सं. २०७८ भाषापाठ्यक्रम अनुरूपताको आधारमा के कस्तो छ भनी समीक्षण गरिएको छ । प्रस्तुत लेखको उद्देश्य पाठ्यक्रम अनुरूपताका आधारमा कक्षा नौको नेपाली भाषापाठ्यपुस्तकको विश्लेषण गर्नु रहेको छ । प्रस्तुत लेखमा गुणात्मक अनुसन्धान ढाँचाको प्रयोग गरिएको छ । यसमा मूलतः पुस्तकालयीय कार्यका माध्यमबाट सामग्रीहरु सङ्कलन गरिएको छ । यसमा वर्णनात्मक अनुसन्धान विधि अवलम्वन गरी उक्त पाठ्यपुस्तकको विश्लेषण गरिएको छ । प्रस्तुत लेखमा तहगत सक्षमता, कक्षागत सिकाइ उपलब्धि, विधाको क्षेत्र, तथा क्रम र विस्तृतीकरण, सिकाइ सहजीकरण प्रक्रिया र मूल्याङ्कन प्रक्रियाका आधारमा कक्षा नौको नेपाली भाषापाठ्यपुस्तक के कस्तो रहेको छ भनी त्यसको विश्लेषण गरिएको छ । यस लेखमा निर्दिष्ट पुस्तक भाषापाठ्यक्रमअनुरुप तयार पारिएको, पाठ्यक्रमले अपेक्षा गरेका कुराहरु प्राप्तितर्फ पाठ्यपुस्तक प्रवृत्त रहेकोे, निर्दिष्ट कक्षाको पूर्ववर्ती पाठ्यपुस्तकका तुलनामा यसलाई बढी व्यावहारिक तथा कार्यकलापमूखी बनाइएको तथा उक्तपुस्तकहरुमा देखिएका कसरमसर हटाउने प्रयत्न गरिएको कुराहरुलाई निष्कर्षका रूपमा प्रस्तुत गरिएको छ । प्रस्तुत लेखले सम्बन्धित क्षेत्रमा अध्ययन, अनुसन्धान गर्न चाहने तथा यस विषय क्षेत्रप्रति रुचि राख्ने सरोकारवाला सम्पूर्णमा अपेक्षित सहयोग पु¥याउने विश्वास गरिएको छ ।
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2024 महेशप्रसाद Mahesh Prasad भट्ट Bhatt, कृष्णप्रसाद Krishna Prasad पोखरेल Pokharel

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.