माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरूको वर्णविन्यासगत क्षमता

Authors

  • सुजन Sujan सोडारी Sodari सानोठिमी क्याम्पस, सानोठिमी भक्तपूर

DOI:

https://doi.org/10.3126/irj.v3i2.61814

Keywords:

उच्चारण, भाषिक पृष्ठभूमि, भाषिक संरचना, लेखन सिप, वर्णविन्यास, शब्दभण्डार

Abstract

प्रस्तुत आलेख माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरूको वर्णविन्यास क्षमतासँग सम्बन्धित छ । यस अध्ययनको प्रमुख उद्देश्य कक्षा नौमा अध्ययनरत विद्यार्थीहरूको वर्णविन्यास क्षमताको पहिचान गर्नु र भाषिक पृष्ठभूमिका आधारमा विद्यार्थीहरूको वर्णविन्यास क्षमताको विश्लेषण गर्नु रहेको छ । यस लेखको तयारीका क्रममा परिमाणात्मक अनुसन्धान ढाँचाको प्रयोग गरिएको छ । प्राथमिक र द्वितीयक स्रोतबाट सामग्री सङ्कलन गरी अध्ययन पूरा गरिएको छ । कक्षा नौको नेपाली पाठ्यपुस्तकमा समावेश भएका शब्दहरू छनोट गरी नेपाली भाषी र नेपाली इतरभाषी गरी चार विद्यालयका जम्मा ४० जना विद्यार्थीमा निर्मित प्रश्नावली परीक्षण गरी प्राप्त तथ्याङ्कको विश्लेषण गरिएको छ । वर्णविन्यासको क्षेत्रमा सबैभन्दा बढी त्रुटि ह्रस्वमा भन्दा दीर्घमा गरेको पाइयो । चन्द्रविन्दुको प्रयोगमा पनि पनि धेरै त्रुटि गरेकोे पाइयो । धेरै विद्यार्थीहरूले हलन्तका ठाउँमा अजन्त र अजन्तको ठाउँमा हलन्त प्रयोग गरेर त्रुटि गरेको पाइयो । नेपाली इतरभाषीभन्दा नेपाली भाषी विद्यार्थीहरूको वर्णविन्यासगत प्रयोग क्षमता बढी रहेको पाइयो । प्रस्तुत लेखले निर्दिष्ट विषय क्षेत्रमा अध्ययन, अनुसन्धान गर्न चाहने तथा भाषा शिक्षणको प्रायोगिक क्षेत्रमा सरोकार राख्नेहरूलाई नीतिगत तथा प्रयोगात्मक तहमा सहयोग पु¥याउने विश्वास गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
38
PDF
20

Downloads

Published

2023-12-31

How to Cite

सोडारी Sodari स. S. (2023). माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरूको वर्णविन्यासगत क्षमता. Innovative Research Journal, 3(2), 134–149. https://doi.org/10.3126/irj.v3i2.61814

Issue

Section

Articles