भाषा शिक्षणमा सूचना प्रविधि प्रयोग

Authors

  • ताराप्रसाद Tara Prasad न्यौपाने Neupane सानोठिमी क्याम्पस, सानोठिमी भक्तपुर

Keywords:

सूचना प्रविधिका, सामाजिक सञ्जाल, सूचनाको व्यववस्थापन, कम्प्युटर प्रयोगशाला, सफ्ट्वयर, इन्टरनेट

Abstract

प्रस्तुत लेख नेपाली भाषा शिक्षणमा सूचना प्रविधिको प्रयोगसँग सम्बन्धित रहेको छ । यस लेखका उद्देश्य सूचना प्रविधिको परिचय दिनु, भाया शिक्षणमा यसको प्रयोगको महत्व दर्शाउनु, यसका उपयोगिता तथा प्रयोग तरिका अनुरेखाङ्कन गर्नु रहेको छन् । प्रस्तुत लेखमा गुणात्मक अनुसन्धान ढाँचाको प्रयोग गरिएको छ । यस क्रममा मूलतः पुस्तकालयीय स्रोतबाट सामग्रीहरु सङ्कलन गरिएको छ । यसमा वर्णनात्मक अनुसन्धान विधि अपनाई प्राप्त सामग्रीहरुको व्याख्या तथा विश्लेषण गरिएको छ । यसबाट सबै विद्यालयमा विद्युतको पहुँच पुर्याउने, इन्टरनेटको पहुँच सबैतिर विस्तार गर्ने, व्यवस्थित कम्प्युटर प्रयोगशालाको निर्माण गर्ने, शिक्षकलाई प्रविधि प्रयोग सम्बन्धी पर्याप्त तालिम दिने, शिक्षकले प्रविधि प्रयोग गर्न सक्ने गरी कार्य प्रारम्भ गर्ने जस्ता कार्य गर्दा यसको प्रयोगगत प्रभावकारिता बढ्ने निष्कर्ष निकालिएको छ । प्रस्तुत लेखले सम्बन्धित क्षेत्रमा अध्ययन, अनुसन्धान गर्न चाहने तथा यस विषय क्षेत्रप्रति रुचि राख्ने सरोकारवाला सम्पूर्णमा अपेक्षित सहयोग पु¥याउने विश्वास गरिएको छ ।

Abstract
318
PDF
0

Downloads

Published

2023-12-31

How to Cite

न्यौपाने Neupane त. T. P. (2023). भाषा शिक्षणमा सूचना प्रविधि प्रयोग. Innovative Research Journal, 3(2), 150-155. https://doi.org/10.3126/irj.v3i2.61848

Issue

Section

Articles

How to Cite

न्यौपाने Neupane त. T. P. (2023). भाषा शिक्षणमा सूचना प्रविधि प्रयोग. Innovative Research Journal, 3(2), 150-155. https://doi.org/10.3126/irj.v3i2.61848