मधेश प्रदेशको भाषिक अवस्था
DOI:
https://doi.org/10.3126/irj.v3i2.79490Keywords:
मधेश प्रदेश, मातृभाषा, भाषिक अवस्थाAbstract
प्रस्तुत अध्ययन मधेश प्रदेशको भाषिक अवस्था अध्ययनमा आधारित छ । यस अध्ययनको मुख्य उद्देश्य नेपालमा बोलिने प्रमुख भाषाको सामान्य पुनरावलोकनसहित मधेश प्रदेशमा बोलिने भाषाहरूको गहन अध्ययन गर्नु रहेको छ । प्रस्तुत अध्ययन गुणात्मक अध्ययनमा आधारित छ । यस अध्ययनमा प्राथमिक स्रोत तथा द्वितीयक स्रोतको उपयोग गरी तथ्य सङ्कलन गरिएको छ । यसमा २०७८ सालको जनगणनामा प्रस्तुत तथ्याङ्कलाई मुख्य आधार मानी अध्ययन गरिएको छ । प्रस्तुत अध्ययनका क्रममा भाषा र भाषिक अध्ययनसँग सम्बन्धित विभिन्न सैद्धान्तिक तथा प्रायोगिक सामग्रीहरुलाई पनि अध्ययनीय आधारका रुपमा लिइएको छ । यस अध्ययनका क्रममा प्राप्त तथ्यलाई विभिन्न तालिकामा राखी व्याख्या, विश्लेषण गरिएको छ । यस अध्ययनका आधारमा नेपालमा बोलिने एक लाखभन्दा बढी वक्तासङ्ख्या रहेका भाषाहरुमध्ये मधेश प्रदेशमा ८ ओटा रहेका, मधेश प्रदेशमा बोलिने ६२ ओटा भाषामध्ये एक लाखभन्दा कम र एक हजारभन्दा बढी वक्ता भएका भाषाहरूको सङ्ख्या एघार रहेको, उन्नाइस ओटा भाषाका वक्तासङ्ख्या एक हजारभन्दा कम रहेका, एक सयभन्दा कम वक्तासङ्ख्या रहेका भाषाहरुको सङ्ख्या २३ रहेको लगायतका निष्कर्ष निकालिएको छ । प्रस्तुत अध्ययनले मधेश प्रदेशमा बोलिने मातृभाषा र त्यसको प्रदेशगत तथा राष्ट्रिय स्थितिबारे जानकारी लिन चाहनेहरुका लागि आवश्यकीय योगदान पु¥याउने अपेक्षा गरिएको छ ।