एक रात कथामा वैयक्तिक मनोविज्ञान

Authors

Keywords:

कल्पित प्रयोजनवाद, जीवनशैली, लक्ष्य, सामाजिक अभिरुचि, सिर्जनात्मक स्व, हीनता

Abstract

प्रस्तुत लेखमा कथाकार विश्वेश्वरप्रसाद कोइरालाको ‘एक रात’ कथालाई कलात्मक पाठका रूपमा लिई त्यसका पात्रमा प्रयुक्त एडलरको वैयक्तिक मनोविज्ञानका सामाजिक पक्षको विश्लेषण र मूल्याङ्कन गरेर उक्त कथाको मूल्य निरूपण गरिएको छ । कथाका पात्रका कार्य तथा उनीहरूका समस्या र सामथ्र्यलाई वैयक्तिक मानसिकताका आधारमा निक्र्यौल गर्न सकिन्छ । यस क्रममा पात्रका विशिष्ट मनोरचनाले सामाजिक अन्तरक्रियामा पार्ने प्रभाव र जीवनको सही मार्गचित्र पहिचान गरी त्यसतर्फ अघि बढ्ने प्रेरणा दिएको हुन्छ । वैयक्तिक मनोविज्ञान भनेको अल्फ्रेड एडलरले स्थापना गरेको व्यक्तित्वको विश्लेषण हो जसमा व्यक्तिले सोच्ने, अनुभूत गर्ने र व्यवहार गर्ने तरिकाको अध्ययन गरिन्छ । व्यक्तिमा देखिने यस्ता पृथक् ढाँचाले नै उसलाई अद्वितीय व्यक्तित्व प्रदान गरेको हुन्छ । ‘एक रात’ कथामा एडलरको वैयक्तिक मनोविज्ञान कुन कुन पात्रमार्पmत कसरी अभिव्यञ्जित भएको छ भन्ने समस्यामा केन्द्रित रहेर प्रस्तुत अध्ययनले जीवनको लक्ष्यप्राप्तिका निम्ति गरिने प्रयासहरूको अन्तर्सम्बन्धबाट उक्त कथाका पात्रहरूका चिन्तन र व्यवहारमा देखिने मनोविज्ञानको कारण र परिणाम मूल्याङ्कन गर्नु यस लेखको उद्देश्य हो । यसमा कथाको वैयक्तिक मनोविज्ञानपरक विश्लेषणका निम्ति मूल रूपमा मनोवैज्ञानिक एडरल (सन् १९४० र सन् १९९७) ले स्थापना गरेका वैयक्तिक मनोविज्ञानका आधारभूत मान्यतालाई सैद्धान्तिक ढाँचाका रूपमा अवलम्बन गरी गुणात्मक अनुसन्धान पद्धतिअन्तर्गत पाठविश्लेषण विधि अवलम्बन गरिएको छ । यसमा पात्रहरूको सोच र कार्यको मूल्याङ्कनका निम्ति हीनताको अनुभूति, कल्पित प्रयोजनवाद, उच्चताका निम्ति प्रयास, सिर्जनात्मक स्व, जीवनशैली, र सामाजिक अभिरुचिको उपयोग भएको छ । ‘एक रात’ कथामा नेपालको प्रजातान्त्रिक आन्दोलनहेतु जीवन समर्पण गर्ने लक्ष्य लिएर अघि बढेको पात्र मृत्युदण्डका क्रममा समेत अविचल रहेको तर उसलाई दण्ड दिने अधिकारीहरूको मानसिकताचाहिँ आन्तरिक रूपमा विचलित, भयग्रस्त र हीनताले ग्रस्त देखिएका कारण प्रस्तुत लेखमा सामूहिक हितमा संलग्न व्यक्तिले नै लक्ष्यको पूर्णता प्राप्त गर्छ भन्ने कथाकारको समाजवादी वैचारिकता कलात्मक रूपमा अभिव्यञ्जित छ भन्ने निष्कर्ष प्राप्त भएको छ ।

Abstract
111
PDF
0

Downloads

Published

2025-06-03

How to Cite

Atom, N. (2025). एक रात कथामा वैयक्तिक मनोविज्ञान. Innovative Research Journal, 4(1), 97-113. https://doi.org/10.3126/irj.v4i1.79518

Issue

Section

Articles

How to Cite

Atom, N. (2025). एक रात कथामा वैयक्तिक मनोविज्ञान. Innovative Research Journal, 4(1), 97-113. https://doi.org/10.3126/irj.v4i1.79518