घनश्याम ढाकालको विजयोत्सव कथामा नायकत्व
DOI:
https://doi.org/10.3126/irj.v4i1.79519Keywords:
नायक, माक्र्सवादी साहित्य, वर्गसङ्घर्ष, सामाजिक परिवर्तन, साहित्यिक आलोचनाAbstract
विजयोत्सव कथाकार घनश्याम ढकालको कथा हो जसमा नायकको उत्थानलाई समाजको वर्गीय संरचना, सामाजिक अन्याय र राजनीतिक सङ्घर्षसँग जोडेर प्रस्तुत गरिएको छ । यस आलेखमा कथाभित्रको केन्द्रीय पात्र भद्रेको चरित्र अध्ययन गर्न राल्फ फक्सको नायकको मृत्यु र उदयसम्बन्धी सैद्धान्तिक दृष्टिकोणसँग यसको अन्तरसम्बन्ध खोजिएको छ । यस लेखमा पाठविश्लेषण प्रविधिको प्रयोग गरी कथाको संरचना, प्रतीकात्मकता, चरित्रविकास, कथोपकथन शैली र सामाजिक–राजनीतिक सन्दर्भलाई गहन रूपमा अध्ययन गरिएको छ । साथै तुलनात्मक अध्ययन विधि प्रयोग गरी ढकालका अन्य कथा, माक्र्सवादी समालोचनाका प्रमुख सिद्धान्त र समकालीन साहित्यिक प्रवृत्तिसँग यो कथाको तुलना गर्दै विश्लेषण गरिएको छ । कथाका नायक भद्रे पारम्परिक वीर नायकभन्दा भिन्न प्रकारको पात्रको रूपमा देखिएको छ । ऊ समाजमा व्याप्त राजनीतिक शक्तिको प्रभावलाई अस्वीकार गर्दै श्रमिकवर्गको आत्मनिर्भरतालाई मूर्तरूप दिने चरित्रका रूपमा देखिएको छ । फक्सको सैद्धान्तिक अवधारणाअनुसार भद्रेको सामाजिक बहिष्करण प्रतीकात्मक रूपमा नायकको पतनको सङ्केतको रूपमा आएको छ । तथापि ऊ श्रमको महत्वलाई आत्मसात गर्दै सङ्घर्ष जारी राख्दछ जसले उनको पुनरुत्थानलाई स्पष्ट रूपमा उजागर गर्छ । विजयोत्सव कथामा नायकको उत्थानलाई शोषणको प्रतिरोध, आत्मनिर्भरता र श्रमको गरिमासँग प्रत्यक्ष रूपमा सन्दर्भित गरिएको छ । फक्सको दृष्टिकोणअनुसार वास्तविक विजय राजनीतिक परिवर्तनभन्दा श्रमको पुनस्र्थापनामा निहित हुन्छ । यस लेखले माक्र्सवादी समालोचना, वर्गसङ्घर्ष र साहित्यिक अध्ययनका विविध पाटाहरू उजागर गर्दै यस कथाको गहिरो व्याख्या प्रस्तुत गरेको छ ।