व्याकरणिक संसक्तिका दृष्टिले गङ्गारामको न्याय एकाङ्की

Authors

  • Keshab Bhusal Central Department of Education, Tribhuvan University, Nepal

DOI:

https://doi.org/10.3126/irj.v4i1.79522

Keywords:

व्याकरणिक संसक्ति, सन्दर्भन, विलोपन, प्रतिस्थापन, संयोजन

Abstract

प्रस्तुत लेख व्याकरणिक संसक्तिका दृष्टिले ‘गङ्गारामको न्याय’ एकाङ्कीको अध्ययनमा आधारित छ । यसको मुख्य उद्देश्य ‘गङ्गारामको न्याय’ एकाङ्कीमा निहित व्याकरणिक संसक्तिको अध्ययन गर्नु रहेको छ । यसका विशिष्ट उद्देश्यअन्तर्गत ‘गङ्गारामको न्याय’ एकाङ्कीमा प्रयुक्त सन्दर्भन, प्रतिस्थापन, विलोपन र संयोजन संसक्तिको पहिचान र अध्ययन गर्नु रहेका छन् । प्रस्तुत अध्ययन ज्ञानमीमांसाअन्तर्गत व्याख्यात्मक ढाँचामा केन्द्रित छ । यस अध्ययनमा गुणात्मक अनुसन्धान विधिको प्रयोग गरिएको छ । यसमा सोद्देश्यमूलक तरिकाले ‘गङ्गारामको न्याय’ एकाङ्कीलाई अध्ययनीय कृतिका रूपमा छनोट गरिएको छ । यस अध्ययनमा निर्दिष्ट कृतिबाट प्राप्त तथ्यहरूलाई प्राथमिक स्रोतीय सामग्रीका रूपमा लिइएको छ भने संसक्ति र यससम्बद्ध अध्ययन, अनुसन्धानहरुलाई द्वितीयक स्रोतका सामग्रीका रूपमा लिइएको छ । प्रस्तुत अध्ययनमा प्राप्त तथ्यहरूलाई पाश्चात्य भाषावैज्ञानिकहरू हालिडे र हसनद्वारा प्रस्तुत संसक्तिसम्बन्धी सैद्धान्तिक अवधारणाका आधारमा विश्लेषण गरिएको छ । यस अध्ययनका आधारमा ‘गङ्गारामको न्याय’ एकाङ्कीमा सन्दर्भन, प्रतिस्थापन, विलोपन र संयोजन व्याकरणिक संसक्तिको प्रयोग गरिएको, व्याकरणिक संसक्तिका विभिन्न भेदमध्ये सन्दर्भन संसक्तिको अधिक प्रयोग गरिएको, एकाङ्कीमा प्रयुक्त व्याकरणिक संसक्तिहरू पाश्चात्य भाषावैज्ञानिक हालिडे र हसनद्वारा प्रस्तुत अवधारणासँग मूलतः मिल्दाजुल्दा रहेका, एकाङ्कीमा प्रयुक्त व्याकरणिक संसक्तिबाट विषयवस्तु र घटनाक्रमको संयोजनमा अपेक्षाकृत भूमिका निर्वाह भएको लगायतका निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
107
PDF
40

Downloads

Published

2025-06-03

How to Cite

Bhusal, K. (2025). व्याकरणिक संसक्तिका दृष्टिले गङ्गारामको न्याय एकाङ्की. Innovative Research Journal, 4(1), 124–148. https://doi.org/10.3126/irj.v4i1.79522

Issue

Section

Articles