नेपाली मातृभाषी र विमातृभाषी विद्यार्थीहरूको व्याकरणिक प्रयोग क्षमता
DOI:
https://doi.org/10.3126/irj.v4i1.79526Keywords:
भाषातत्व, मातृभाषी, विमातृभाषी, व्याकरणिक क्षमताAbstract
प्रस्तुत अनुसन्धान नेपाली मातृभाषी र विमातृभाषी विद्यार्थीहरूको व्याकरणिक प्रयोग क्षमता अध्ययनमा केन्द्रित रहेको छ । यस अध्ययनमा नेपाली मातृभाषी र विमातृभाषी विद्यार्थीको व्याकरणिक प्रयोग क्षमताको अध्ययन गर्नुलाई मूल उद्देश्यका रूपमा लिइएको छ । यसमा तथ्याङ्क सङ्कलन गर्दा तथ्याङ्कीय र वर्णनात्मक विधिको प्रयोग गरिएको छ भने पुस्तकालयीय अध्ययनलाई समेत आधार मानिएको छ । तथ्याङ्क सङ्कलन गर्नका लागि प्रश्नपत्र निर्माण पश्चात परीक्षा लिई प्राप्त उत्तरपुस्तिकाको परीक्षण गरी प्राप्ताङ्कलाई एसपीएसएस प्रोग्राममा प्रविष्ट गरी आवश्यक विभिन्न स्वतन्त्र चरको आधारमा टि टेस्ट गरियो । त्यसबाट प्राप्त नतिजालाई तालिकीकरण गरी व्याख्या विश्लेषण गरिएको छ । परीक्षाबाट प्राप्त नतिजाको आधारमा मातृभाषी र विमातृभाषी नेपाली विद्यार्थीहरूमा सामान्यतया व्याकरणिक क्षमतामा फरक हुने कुरा अनुमान गरिएकोमा मध्यमानले फरक नै हुने देखाए तापनि टी टेस्ट गर्दा दुबैको फरकपन सिग्निफिकेन्ट नरहेकोले यस अध्ययनको अनुमान सार्थक नभएको देखिन्छ । अर्थात् यस अध्ययनले मातृभाषा वा विमातृभाषी नेपाली विद्यार्थीहरूको व्याकरणिक क्षमतामा कुनै फरक नरहेको कुरा प्रस्ट गर्दै मातृभाषाले व्याकरणको सिकाइ वा व्याकरणिक क्षमतामा कुनै असर नपर्ने कुरा देखाएको छ ।