शिक्षक निर्मित तथा स्तरीकृत परीक्षा: परिचय, विशेषता र चरण
Keywords:
शिक्षक निर्मित परीक्षा, स्तरीकृत परीक्षा, भाषिक परीक्षण, वैधता, विश्वसनीयताAbstract
प्रस्तुत लेख भाषिक परीक्षणका प्रकारको परिचयात्मक सन्खर्भसँग सम्बन्धित छ । यस लेखमा भाषिक परीक्षणका साधन अन्तर्गत प्रचलनमा रहेका मूलतः दुई पद्धति शिक्षक निर्मित तथा स्तरीकृत परीक्षाको परिचय, विषेशता र चरणबारे विश्लेषणसमेत गरिएको छ । प्रस्तुत लेखको उद्देश्य शिक्षक निर्मित तथा स्तरीकृत परीक्षाको परिचय दिनु, विशेषता र चरणहरूबारे विश्लेषण गर्नु रहेको छ । यस लेखको तयारीका क्रममा गुणात्मक अनुसन्धानको प्रयोग गरिएको छ । पुस्तकालीय अध्ययन पद्धतिको प्रयोग गरी सामग्री सङ्कलन गरिएको छ । लेख तयारीका क्रममा प्राथमिक र द्वितीयक स्रोतबाट सामग्री सङ्कलन गरिएको छ । यसमा सम्बद्ध विषयको विश्लेषण गरी तथ्यहरू प्रस्तुत गरिएको छ । प्रस्तुत लेखले निर्दिष्ट विषय क्षेत्रमा अध्ययन, अनुसन्धान गर्न चाहने तथा यस विषयमा सरोकार राख्नेहरूलाई नीतिगत तथा प्रयोगात्मक तहमा सहयोग पु¥याउने विश्वास गरिएको छ ।
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2025 Mahesh Prasad Bhatt, Krishna Prasad Pokhrel

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.