कक्षा आठमा अध्ययनरत विद्यार्थीहरूको नेपाली भाषा शिक्षणको बोध क्षमता

Authors

  • सुजन सोडारी सानोठिमी क्याम्पस, भक्तपुर

Keywords:

बोध क्षमता, नेपाली भाषा शिक्षण, दृष्टांश र अदृष्टांश, तुलनात्मक अध्ययन, आधारभूत तह

Abstract

प्रस्तुत लेख आधारभूत तहमा अध्ययनरत विद्यार्थीहरूको नेपाली भाषाको बोध क्षमता पहिचान गर्ने उद्देश्यमा केन्द्रित छ । भाषाका चार सिपहरू मध्ये बोध एक जटिल मानसिक प्रक्रिया र भाषिक दक्षताको मापन गर्ने महŒवपूर्ण कसी हो । यस अनुसन्धानले विशेष गरी विद्यार्थीहरूमा दृष्टांश र अदृष्टांश सामग्री ग्रहण गर्ने क्षमताको तुलना गर्नुका साथै सामुदायिक र संस्थागत विद्यालयको उपलब्धि बिचको अन्तर पहिल्याउने लक्ष्य राखेको छ । अध्ययनलाई व्यवस्थित र वस्तुनिष्ठ बनाउन भक्तपुरका प्रतिनिधिमूलक ४ वटा विद्यालय (२ सामुदायिक र २ संस्थागत) बाट ५० जना विद्यार्थीहरूलाई उद्देश्यमूलक नमूना छनोट विधिमार्फत छनोट गरिएको छ । अनुसन्धानमा परिणामात्मक तथ्याङ्कका लागि ४० पूर्णाङ्कको बोध परीक्षण र गुणात्मक विश्लेषणका लागि ४ जना अनुभवी शिक्षकहरूसँगको अन्तर्वार्तालाई मुख्य साधानका रूपमा प्रयोग गरिएको छ । यस अध्ययनको नतिजाले विद्यार्थीहरूमा पाठ्यपुस्तकीय दृष्टांश बोध (७६५) को तुलनामा अदृष्टांश बोध (५२५) क्षमता निकै कमजोर रहेको तथ्य प्राप्त भएको छ । यसले हाम्रो शिक्षण पद्धित र सिकाइ व्यवहार अझै पनि मौलिक चिन्तनभन्दा स्मृतिकेन्द्रित एवम् कण्ठ गर्ने परिपाटीमा अल्झिएको पुष्टि गर्छ। विद्यालयगत तुलनामा संस्थागत विद्यालयको औसत उपलब्धि (६७ ५) सामुदायिकको (५८५) तुलनामा केही उच्च देखिए तापनि दुवै क्षेत्रका विद्यार्थीमा तार्किक विश्लेषण र आफ्नै शब्दमा भाव व्यक्त गर्ने सिपको अभाव साझा समस्याका रूपमा पाइयो । विद्यार्थीको वास्तविक बोध क्षमता सुदृढ गर्न कक्षाकोठामा अदृष्टांश सामग्रीको व्यापक अभ्यास, तार्किक प्रश्नहरूमा जोड र आलोचनात्मक सोच विकास गर्ने शैक्षणिक क्रियाकलापहरू सञ्चालन गर्नुपर्ने यस अध्ययनको निष्कर्ष रहेको छ ।

Abstract
88
PDF
5

Downloads

Published

2025-12-01

How to Cite

सोडारी स. (2025). कक्षा आठमा अध्ययनरत विद्यार्थीहरूको नेपाली भाषा शिक्षणको बोध क्षमता. Innovative Research Journal, 4(2), 67-78. https://doi.org/10.3126/irj.v4i2.91134

Issue

Section

Articles

How to Cite

सोडारी स. (2025). कक्षा आठमा अध्ययनरत विद्यार्थीहरूको नेपाली भाषा शिक्षणको बोध क्षमता. Innovative Research Journal, 4(2), 67-78. https://doi.org/10.3126/irj.v4i2.91134