शिक्षक होइन, साथी: बालबालिकाहरूको एथ्नोग्राफी अनुसन्धानमा सम्बन्धगत चुनौती र अवसरहरू
Keywords:
एथ्नोग्राफी, सामाजिक अध्ययन, आत्मीय प्रौढ, अनुभव, सामाजिक संस्कृतिAbstract
सामाजिक परिवेशको अध्ययनमा एथ्नोग्राफीको प्रयोग बढ्दै गए पनि आधारभूत तहका बालबालिकाको सामाजिक संस्कृति र अनुभवमा केन्द्रित अध्ययनहरू अझै अझै पनि ज्यादै नै न्यून छन् । यसको कारण बालबालिकाको संसारमा प्रवेश गर्नु, उनीहरूसँग घुलमिल हुनु र उनीहरूको विश्वास प्राप्त गर्नु चुनौतीपूर्ण कुरा हो । छ हप्तासम्म मध्यपुर ठिमी, भक्तपुरस्थित एक सामुदायिक विद्यालयमा सञ्चालन गरिएको यस अध्ययनले ५ देखि ८ वर्ष उमेर समूहका बालबालिकाको सामाजिक संस्कृति र त्यससँग उनीहरूको सम्बन्ध बुझ्ने प्रयास गरेको छ । अटोएथ्नोग्राफी विधि प्रयोग गरी सामाजिक अध्ययन कक्षा र खेलमैदानमा उनीहरूको सामाजिक अन्तरक्रियाको अध्ययन गरिएको थियो । यस अध्ययनले बालबालिकाको सामाजिक जीवन र संस्कृति बुझ्ने क्रममा अनुसन्धानकर्ताले अनुभव गरेका सम्बन्धगत चुनौतीहरू, अवसरहरू र अनुभवहरूको विश्लेषण गरेको छ । विशेष गरी विगतका अनुभवहरूको उपयोग, पूर्व शिक्षकको भूमिकाको प्रभावालाई सन्तुलन कायम गर्नु र सहयात्री प्रौढको भूमिका निर्वाह गर्नु प्रमुख चुनौतीका रूपमा देखिएका थिए । यी चुनौतीहरूको व्यवस्थापन गर्दै बालबालिकासँग अर्थपूर्ण सम्बन्ध निर्माण गर्नु र उनीहरूलाई अनुसन्धान प्रक्रियाका सक्रिय सहभागीका रूपमा स्वीकार गर्नु महत्त्वपूर्ण पक्ष रह्यो । अध्ययन को निष्कर्षले बालबालिकासँग एथ्नोग्राफिक अनुसन्धान गर्दा सहकार्य, विश्वास र आत्मीय सम्बन्ध निर्माणको महत्त्व उजागर गरेको छ । यसका साथै यस अध्ययनले बालबालिकासँग काम गर्ने भविष्यका अनुसन्धानकर्ताहरूका लागि उपयोगी मार्गनिर्देशन प्रदान गरेको छ । यस अध्ययनले बालबालिकासँग एथ्नोग्राफी अनुसन्धान सञ्चालन गर्ने प्रक्रिया र उनीहरूको संसारमा एक आत्मीय प्रौढका रूपमा अनुसन्धानकर्ताले अनुभव गरेको भूमिकाका बारेमा पनि अन्तर्दृष्टि प्रदान गरेको छ ।
Downloads
Published
How to Cite
Issue
Section
License

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.