‘साकार सपना’ कथाको समाजभाषिक विश्लेषण

Authors

  • Kabita Dulal सानोठिमी क्याम्पस, सानेठिमी भक्तपुर
  • Mahesh Prasad Bhatt महेन्द्ररत्न क्याम्पस, ताहाचल https://orcid.org/0009-0008-7808-7472

Keywords:

साामाजिक भाषा विज्ञान, समाजभाषिकता, आधारभूत तह, कथा विधा, भाषिक प्रयोग, साकार सपना

Abstract

प्रस्तुत अनुसन्धानमूलक लेख कक्षा आठको नेपाली भाषा पाठ्यपुस्तकमा समाविष्ट साकार सपना कथाको समाजभाषिक अध्ययनमा आधारित रहेको छ । यसको उद्देश्य उक्त कथामा प्रयुक्त पात्रहरूको समाजभाषिक स्थिति, भूमिका र पात्रहरूले प्रयोग गरेको भाषाको विश्लेषण गर्नु रहेको छ । यसमा गुणात्मक अनुसन्धान ढाँचाको अनुप्रयोग गरिएको छ । प्राथमिक स्रोतीय सामग्रीका रूपमा कक्षा आठको नेपाली भाषापाठ्यपुस्तकमा समाविष्ट साकार सपना कथा र द्वितीयक स्रोतीय सामग्रीका रूपमा शीर्षकसँग सम्बन्धित अनुसन्धनात्मक लेख तथा इन्टरनेटबाट प्राप्त सामग्रीलाई लिइएको छ । यसमा आगमनात्मक विधिको प्रयोग गरी सामग्रीको विवेचन गरिएको छ । अध्ययनबाट वर्ग,  लिङ्ग, शिक्षा र उमेरका आधारमा पात्रहरूले प्रयोग गर्ने भाषामा विविधता रहेको पाइएको छ । साकार सपना कथामा पुरुष पात्रहरूको मात्र बाहुल्यता रहेको छ । प्रयुक्त पात्रहरूले प्रयोग गरेको भाषामा वर्गीय, लैङ्गिक, शैक्षिक र उमेरगत आधारमा भिन्न भिन्न रहेको निष्कर्ष प्राप्त भएको छ । यस अध्ययनबाट सम्बन्धित विषयका अध्येताहरुलाई आवश्यकीय सहयोग पुग्ने विश्वास अनुसन्धानकर्ताहरुका तर्फबाट गरिएको छ । 

Abstract
7
PDF
4

Downloads

Published

2026-06-30

How to Cite

Dulal, K., & Bhatt, M. P. (2026). ‘साकार सपना’ कथाको समाजभाषिक विश्लेषण . Innovative Research Journal, 5(1), 108-120. https://doi.org/10.3126/irj.v5i1.97120

Issue

Section

Articles

How to Cite

Dulal, K., & Bhatt, M. P. (2026). ‘साकार सपना’ कथाको समाजभाषिक विश्लेषण . Innovative Research Journal, 5(1), 108-120. https://doi.org/10.3126/irj.v5i1.97120